विकास, सुशासन र समृद्धिका लागि सुनसरीको कोशी गाउँपालिकामा जनता समाजवादी पार्टीको आवश्यकता रहेको कोशीका गाउँपालिका अध्यक्ष पदका उम्मेदबार देवकृष्ण यादव(गोवरधन)ले बताउनुभएको छ । यादव, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुको सहित घरदैलौ जारी राख्नुभएको भएको बेला जनताको प्रतिकृयाको अधारमा जसपाको आवश्यता महसुस गरेको दावी गर्नुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादव सहित उपाध्यक्ष अनुदेवी खेरवार र प्रत्येक वडामा वडा अध्यक्ष तथा सदस्यहरु सहितका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । कोशीका ८ वटा वडामा सबैमा प्रायः घरदैलौलाई तिव्र पार्नुभएको यादवले जसपाको पक्षमा जनलहर रहेको दावी गर्नुभएको छ । सोमबार पार्टीका नेताकार्यकता सहितले घरदैलो गर्नुभएको पार्टीले जनाएको छ । अध्यक्ष पदका उम्मेदबार यादव विगत पाँच वर्षदेखि जनप्रतिनिधि नभएपनि मुख्य प्रतिपक्षीको रुपमा उनीहरुको गलत कामको खवरदारी, जनताको तहबाट दवावमुलक अभियान चलाएको र विकासमा पछाडी परेको क्षेत्रमा विकास गर्नका लागि आफ्नो आवश्यकता जनताले महसुस गरेको बताउनुभएको छ ।
कोशीमा रहेका पाँच वर्षमा भएका बेथितिको अन्त्यसँगै धेरै एजेण्डाहरु लिएर गाउँमा पसेकाले आफ्नो प्रतिबद्धतामा मतदाताहरु आक्रर्षित भएको बताउनुभयो । जनताका दैनिक आवश्यकता, भावना, चाहना र कोशीको विकाससँग जोडिएकाले आफूलाई यही सबाल सम्बोधन गर्न मतदान गर्ने यादवले दावी गरेका छन ।