जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २७ गते । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकामा यसपाली त्रिपक्षीय प्रतिस्प्रधा देखिएको छ । धेरै दलहरु र स्वतन्त्र उम्मेदबारहरु भएपनि यहाँ नेपाली काग्रेंस, जनता समाजवादी पार्टी र नेकपा एमालेका उम्मेलबार बीचमा कडा प्रतिस्प्रधा हुने देखिएको छ । गाउँ तथा वडाबासीहरुले तीनैको अवस्था राम्रो भएकाले विगतको भन्दा रोचक र कडा प्रतिस्प्रधात्मक निर्वाचन हुने बताएका छन् । निर्वाचनको माहोलले यसै कस्लो बाजी मार्ने भन्ने कुरा आकलन गर्न मुस्किल रहेको छ ।
आफ्नो जित निश्चित छ ः अंसारी
नेपाली काग्रेंसका तर्फबाट कोशी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदबार ऐयुव अंसारीले विकासमा मुहार फेर्ने काम र विगतको घोषणा पत्र भन्दा बढी काम गरेकाले आफूले चुनाव जित्नेमा कुनै द्धिविधा नरहेको बताउनुभएको छ । विगतको काम सन्तोशजन भएको तर पनि केही अधुरा कामहरुलाई पुरा गर्न पुनः उम्मेदबार भएकाले जिताउने विश्वास व्यक्त गर्नुभयो । अंसारीले विकासबाट प्रभावित भएकाहरुले विगतको भन्दा धेरै बढी मतले जिताउने दावी गर्नुभयो । अंसारीले आफूहरुले पहिलो कार्यकालमा सिकेका कुराहरुलाई थप प्रभावकारी बनाउन र स्थानीय सरकारको पूर्ण प्रत्याभुती तथा नमुना पालिका बनाउन मतदान गर्न अपिल गर्नुभयो ।
कोशीमा प्रतिस्प्रधिनै छैन् ः यादव
सुनसरीको कोशी गाउँपालिकामा जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदबार देवकृष्ण यादव(गोवरधन)ले आफ्नो यसपाली यहाँ प्रतिस्प्रधि नै नभएको बताउनुभएको छ । विगतमा काग्रेंसको कामबाट असन्तुट रहेका र एमालेलाई जनताले नपत्याउने भएकाले आफू जित्ने निश्चित रहेको र यहाँ बलीयो प्रतिस्प्रधि नै नभएको दावी गर्नुभएको छ ।
विकास, सुशासन र समृद्धिका लागि सुनसरीको कोशी गाउँपालिकामा जनता समाजवादी पार्टीको आवश्यकता रहेको गोवरधनले बताउनुभएको छ । यादव, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुको सहित घरदैलौ जारी राख्नुभएको भएको बेला जनताको प्रतिकृयाको अधारमा जसपाको आवश्यता महसुस गरेको दावी गर्नुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादव सहित उपाध्यक्ष अनुदेवी खेरवार र प्रत्येक वडामा वडा अध्यक्ष तथा सदस्यहरु सहितका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । कोशीका ८ वटा वडामा सबैमा प्रायः घरदैलौलाई तिव्र पार्नुभएको यादवले जसपाको पक्षमा जनलहर रहेको दावी गर्नुभएको छ । सोमबार पार्टीका नेताकार्यकता सहितले घरदैलो गर्नुभएको पार्टीले जनाएको छ । अध्यक्ष पदका उम्मेदबार यादव विगत पाँच वर्षदेखि जनप्रतिनिधि नभएपनि मुख्य प्रतिपक्षीको रुपमा उनीहरुको गलत कामको खवरदारी, जनताको तहबाट दवावमुलक अभियान चलाएको र विकासमा पछाडी परेको क्षेत्रमा विकास गर्नका लागि आफ्नो आवश्यकता जनताले महसुस गरेको बताउनुभएको छ । कोशीमा रहेका पाँच वर्षमा भएका बेथितिको अन्त्यसँगै धेरै एजेण्डाहरु लिएर गाउँमा पसेकाले आफ्नो प्रतिबद्धतामा मतदाताहरु आक्रर्षित भएको बताउनुभयो । जनताका दैनिक आवश्यकता, भावना, चाहना र कोशीको विकाससँग जोडिएकाले आफूलाई यही सबाल सम्बोधन गर्न मतदान गर्ने यादवले दावी गरेका छन ।
मतदाताको साथ ः कुसियैत
सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदबार अजय कुसियैतले आफ्नो साथमा मतदाता रहेको दावी गर्नुभएको छ । कुसियैतले लौकहीमा एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मतदाताको साथ आफूलाई भएकाले चुनाव जित्ने दावी गर्नुभयो ।
सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदबारहरुले घरदैलो सकेर मंगलबार मोटरसाईकल रयालीका क्रममा आफ्नो पक्षमा मतदानको लागि आग्रह गर्दै राम्रा र सार्थक कामहरुलाई उत्कृष्ट बनाउने र विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदबारहरुलाई मतदानका लागि अपिल गर्दै घरदैलो जारी राखेको पार्टीले जनाएको छ । एमालेले कोशीको श्रीपुर र हरिपुर क्षेत्रमा घरदैलो जारी राख्दै विकास तथा जनताको माग, आवश्यकता र चाहना समेत बुझ्ने र घरदैलो गर्ने क्रममा मतदाताहरुले मतदान एमालेका पक्षमा गर्ने साकारात्मक आश्वासन दिएको एमालेका गाउँकमिटि अध्यक्ष रामखेलावन साहले जानकारी दिनुभयो । सुनसरीको कोशी गाउँपालिकाको अध्यक्ष पदमा एमाले पार्टीका उम्मेदबार अजय कुसियैत र उपाध्यक्षका उम्मेदबार अनिता कुमारी उराँवले घरदैलौ र प्रचारप्रसार कार्यमा व्यस्त बन्नुभएको छ । उम्मेदबारी दिएपछि घरदैलौ जारी राख्नुभएका उम्मेदबारहरु मतदाताको बाहुल्य रहेको श्रीपुर र हरिपुर क्षेत्रमा घरदैलो जारी राख्नुभएको छ । कुसियैतले गाउँपालिकाको अध्यक्ष पदमा सूर्य छापमा मतदान गरि गाउँ तथा वडालाई विकासको सम्मान गर्न आग्रह गर्नुभएको छ । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेकोमा वडाको विकास र समृद्धिका लागि अध्यक्षको पदमा उम्मेदवारी दिएको कुसियैतले मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । कुसियैतले विजयी हासिल गरेपछि गाउँ तथा वडामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यका उम्मेदबारहरु पनि घरदैलोमा रहनुभएको पार्टीले जनाएको छ ।