सुरेन्द्र मेहता भोक्राहा। आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तथा सहज रूपमा विहान ७ बजे बाट मतदान सुरु भएको छ । मतदान सुरु भए पश्चात् दिउँसो अबेर सम्म भोक्राहा नरसिंह २ आधारभुत मतदान केन्द्रमा १६९९ र वडा ४ को पृथ्वीनारायण आधारभुत मतदान केन्द्र चिरौलिमा २०३६ मत खसेको छ। भोक्राहा नरसिंह वडा न.२ मा जम्मा ३१३३ मतदाता मध्ये दिउँसो अबेर सम्म १६९९ मत खसालिएको छ ।भने वडा ४ को चिरौलि मतदान केन्द्रमा २८४० मतदाता रहेको छ । भने दिउँसो अबेरसम्म २०३६ मत खसिस्केको मतदान केन्द्रले जनाएको छ । मतदान केन्द्रको अनुसार वडा नम्बर २ को अधारभुत मतदान केन्द्र अकाहा (क) मा ६०० जस मध्ये ३३० महिला र २७६ पुरुषको मत खसालिएको छ। (ख) मा ५८१ जस मध्ये २७१ महिला र ३१० पुरुषको मत खसालिएको छ । (ग) मा ५१२ जस मध्ये १७९ महिला र ३३३ पुरुषको मत खसालिएको छ । त्यसै गरि भोक्राहा नरसिंह ४ मतदान केन्द्र चिरौलिमा जम्मा २०३६ जस मध्ये १०२३ पुरुष र १०१३ महिलाको मत खसालिएको छ ।