जेठ१आइतबार
चितवन ।बैसाख ३० मा सम्पन्न भएको स्थानीय चुनाव हिंसात्मक मात्रै भएन संसदिय व्यवस्था प्रतिकाे अरुचि घृणा जनताले विभिन्न काेण र तरिकाबाट प्रकट गरे । दिनभर देशव्यापी चुनाव हाे या भिडन्त भन्ने भान भइरहदा भरपुर महानगरपालिका मा भने अर्को राेचक घटना बाहिरियाे ।
नेपाली जनताकाे चाहाना राष्ट्रिय हित बिपरितकाे बिवादास्पद एमसिसी संसदले पारित गरेपछि दलहरुप्रति जनताकाे आक्राेस निकै बढेकाे थियाे ३० मा सम्पन्न चुनावमा भरपुरका मतदानले एमसिसी बिरुद्ध मत प्रकट गरेका छन् ।
भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।
उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ ।