Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको दुहवी,इटहरी, गढी , इनरुवा र हरिनगरमा पनि रथ यात्रा

सुनसरीको दुहवी,इटहरी, गढी , इनरुवा र हरिनगरमा पनि रथ यात्रा

by नेपाल टाइमलाइन न्यूज
September 7, 2023
in मनाेरञ्जन
A A
0
सुनसरीको दुहवी,इटहरी, गढी , इनरुवा र हरिनगरमा पनि रथ यात्रा
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, गढी र हरिनगर गाउँपालिकामा समेत रथ यात्रा निकालिएको छ । दुहवीको श्री राधा कृष्ण मन्दिरबाट र इनरुवाको राधाकृष्ण मन्दिर र हरिनगरको बासुकिनाथ मन्दिरबाट हजारौंको संख्यामा स्थानीयहरुको सहभागितामा रथ यात्रा निकालिएको हो । दुहवीमा श्री कृष्ण जन्माष्टमी पूजा महोत्सवको आयोजनामा रथ यात्रा निकालिएको आयोजक महोत्सव समितिको अध्यक्ष पंकज हलुवाईले जानकारी दिनुभयो । दुहवी नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासीक श्री राधाकृष्ण मन्दिरमा विगत वि.स.२०४१ साल देखि मनाउदै आइरहेको श्री कृष्ण जन्माष्टमी पूजा महोत्सव यस वर्ष ३९ औं संस्करण हर्षोल्लास तथा भब्यताका साथ मनाएको हो ।

दुहवीमा कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि १२ वटा उपसमितिहरु बनाएका थिए । दुहवीको विभिन्न जातजातिहरुले झाँकी सहित दुहबी बजार देखी ७ किलोमिटरसम्म रथ यात्रा परिक्रमा गरेको हजारौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको छ ।

सुनसरीको दुहबीमा भव्यक्ताका साथ निकालिएको रथयात्रामा भगवान कृष्णको वशं भनिएका नेपाल यादव सेवा समितिले समेत रथयात्रा परिक्रमामा सहभागीता जनाएको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

उता इनरुवाको रथ यात्रामा पनि हजारौ भक्तजनहरुले सहभागिता जनाएको स्थानीय सरिता घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरि पहिलो पटक हरिनगरमा रथयात्रामा हजारौंबढीको संख्यामा हिन्दु धर्मावलम्बीहरुले सहभागिता जनाएको हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले जानकारी दिनुभयो ।

पहिलो पटक कृष्ण जन्माष्टी महोत्सवको अवसरमा रथयात्रा कार्यक्रम भजन किर्तन सहित आयोजना गरेको उपाध्यक्ष भगतको भनाई छ ।

नेपाल यादव सेवा समिति हरिनगरले हरिनगरको रथयत्रामा र समितिको दुहवी कार्यसमिसत दुहवीको रथ यात्रामा सहभागीता जनाएको दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो र यादवले रथयात्रामा विगतमा पनि सहभागी हुदै आएकोमा यसपाली आफ्नो जातिय सहभागिता संस्थागत रुपमा गराउँदै रथयात्रामा झाकि र बालबालिकालाइ राधाकृष्ण जस्तै सिगांरिएर सहभागी भएको जानकारी दिनुभयो ।

यादव सेवा समितिका तर्फबाट रथ यात्रामा सहभागी हुनेहरु लोगो सहितको टि सर्ट र आफ्नो मौलिक पहिचानको साथ सहभागी भएका सल्लाहकार आषिशकुमार यादवले जानकारी दिनुभयो ।

यादव सेवा समिति दुहवीको अगुवाईमा भएको रथ यात्रा महोत्सवमा जिल्ला कार्यसमिति सचिव जयकृष्ण यादव, सदस्य देवकृष्ण यादव, अरुण यादव, दुर्गानन्द यादव, राजकुमार यादव, पत्रकार गनेशकुमार यादव समेतकाले सहभागीता जनाउनुभएको थियो । दुहवी समितिले यादव सेवा समितिको लोगो सहितको टि सर्ट र अबिर लगाएर स्वागतसगैं रथ यात्राको डोरी तान्ने अवसर दिएको सल्लाहकार यादवले जानकारी दिनुभयो ।

दुहवीको रथ यात्रामा नेवार, रौनीयार, साह, हलुवाई, मारवाडी, ओम शान्ती सहितका सेवा समितिहरु र समाजहरुको सहभागिता रहेको थियो । दश हजार बढी स्थानीयहरुले दुहवीको रथ यात्रामा सहभागिता जनाएका थिए ।

Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

Next Post

मकवानपुरको थाहामा घैंटो फुटाउने प्रतियोगिताको रौनक (फोटो फिचर)

Next Post
मकवानपुरको थाहामा घैंटो फुटाउने प्रतियोगिताको रौनक (फोटो फिचर)

मकवानपुरको थाहामा घैंटो फुटाउने प्रतियोगिताको रौनक (फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana