Monday, December 29, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मोरङ्गका चार यादव पत्रकार सम्मानित

नेपाल यादव सेवा समितिले मोरङका चार यादव पत्रकार सम्मानित

by नेपाल टाइमलाइन न्यूज
March 22, 2024
in मनाेरञ्जन
A A
0
मोरङ्गका चार यादव पत्रकार सम्मानित
14
SHARES
Share on FacebookShare on Twitter

मोरङ्ग । नेपाल यादव सेवा समितिले मोरङका चार जना यादव समुदायका पत्रकारलाई सम्मान गरेको छ । नेपाल सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोहमा चारै जना यादव पत्रकारलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादवलाई समितिले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

होली मिलन समारोहमा विराट प्रेस अनलाइनका अध्यक्ष मुकेशकुमार यादव, एक्सप्रेस अनलाइनका अध्यक्ष सुशिलकुमार यादव र मकालु टेलिभिजनका सम्वाददाता सुनिल यादवलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो

कार्यक्रमका प्रमुख अतिथि नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव, विराटनगर महानगर समिति अध्यक्ष विरेन्द्र यादव र महानगर समितिका सचिव राकेश रोशन यादवले चारै जना पत्रकारलाई सम्मान गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।नेपाल यादव सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा होली मिलन समारोहको आयोजना ग¥यो । विराटनगरमा छरिएर बसोवास गरिरहेका यादव समुदाय बिच नजिकको सम्बन्ध कायम गर्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको समितिका विराटनगर महानगर अध्यक्ष विरेन्द्र यादवले बताए ।

होली मिलन समारोहमा नेपाल यादव सेवा समितिको सुनसरी, मोरङ र झापा जिल्लाका पदाधिकारी सहित कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो । नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिका उपाध्यक्ष कृष्णलाल यादवले विभिन्न पेसा बर्ग र व्यवसायमा आवद्ध यादव समुदाय बिच चिनजान हुँदा बेलाबखत सहयोग आदान प्रदान गर्ने सजिलो होस भन्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको बताए ।

नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव होली मिलन समारोहका प्रमुख अतिथि थिए । नेपाल यादव सेवा समिति सुनसरीका अध्यक्ष गोवर्धन यादव र झापा अध्यक्ष डा. सी.पी. यादव, समितिका मोरङ सल्लाहकार इन्जिनियर शत्रुघन यादव र राजकुमार यादवले होली मिलन समारोहमा सहभागि यादव समुदायलाई आपसी भाइचाराको सम्बन्ध कायम गरेर अगाडि बढ्ने गरी शुभकामना व्यक्त गरेका थिए । नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिका सचिव एवं जनता समाजवादी पार्टी नेपालका युवा नेता राकेश रोशन यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

कविता । तर म सकिन

Next Post

सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न

Next Post
सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न

सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana