इनरुवा । सुनसरी: सुनसरीको सदरमुकाम इनरुवामा पहिलो पटक स्थानीय स्तरको कबड्डी प्रतियोगिता हुने भएको छ। इनरुवा नगरपालिका वडा नं-९ बबियामा रहेको शिक्षा कार्यालयको पछाडि पट्टीको खेल मैदानमा बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले यस प्रतियोगिताको आयोजना गर्न लागेको हो।
प्रतियोगिता पुस ११ गतेबाट सुरु भई पुस १३ गते सम्पन्न हुनेछ। बबिया कबड्डी खेलकुद उपभोक्ता समितिका जुग्नु साहका अनुसार प्रतियोगितामा सुनसरीका सबै १२ वटै पालिकाका कबड्डी खेलाडीहरूले भाग लिनेछन्।
साहले बताएअनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नु, नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्नु, र कबड्डी खेलमार्फत इनरुवाको परिचय फैलाउनु रहेको छ।
प्रतियोगिताको आयोजना स्थानीय खेलकुदको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। स्थानीय युवाहरूको उत्साह र सहभागिताले इनरुवामा खेलकुदको नयाँ अध्याय प्रारम्भ हुने अपेक्षा गरिएको छ।





