इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले होली पर्वको अवसरमा सम्पूर्ण गाउँबासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले होली पर्वलाई हर्ष, उमङ्ग, र आपसी सद्भावको प्रतीकका रूपमा उल्लेख गरे। उनले विविधतामा एकता झल्काउने यस पर्वले समाजमा मेलमिलाप र भाइचाराको भावना बढाउने विश्वास व्यक्त गरे।
“होली प्रेम, सौहार्दता, र सामाजिक एकताको पर्व हो। यसले हाम्रा सम्बन्धलाई अझ मजबुत बनाउँदै समाजमा शान्ति, समृद्धि, र आपसी मेलमिलापको सन्देश फैलाउने अवसर प्रदान गर्छ,” अध्यक्ष अन्सारीले भने।
उनले गाउँबासीलाई यो पवित्र पर्वलाई मर्यादित, सुरक्षित, र सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गर्दै सुख, शान्ति, र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
“होली पर्वले सबैमा उल्लास, प्रेम, र सद्भाव फैलाओस्। सम्पूर्ण गाउँबासीलाई हार्दिक शुभकामना! ह्याप्पीहोली





