Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उद्योग वाणिज्य संघ इनरुवाद्वारा आयोजित होली मिलन समारोह भव्य रूपमा सम्पन्न

उद्योग वाणिज्य संघ इनरुवाद्वारा आयोजित होली मिलन समारोह भव्य रूपमा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
March 13, 2025
in समाचार
A A
0
उद्योग वाणिज्य संघ इनरुवाद्वारा आयोजित होली मिलन समारोह भव्य रूपमा सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाद्वारा आयोजित होली मिलन समारोह हर्षोल्लासका साथ सम्पन्न भएको छ। समारोहमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मण्डलले होली जस्तो रंगीन पर्वले समाजमा आपसी प्रेम, सद्भाव, र एकताको सन्देश दिने उल्लेख गर्दै सबैलाई सुरक्षित र मर्यादित तरिकाले होली मनाउन आग्रह गर्नुभयो। उहाँले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य संघ जस्ता संस्थाहरूको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो।

सो अवसरमा उद्योग वाणिज्य संघ इनरुवाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा व्यापारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले एकआपसमा रंग दलेर होली पर्वको शुभकामना आदान–प्रदान गरेका थिए।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति, गीत–संगीत तथा नृत्यहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले होलीको रंगीन माहोलमा रमाउँदै सामाजिक मेलमिलापको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरे।

उद्योग वाणिज्य संघ इनरुवाले प्रत्येक वर्ष होली मिलन समारोहको आयोजना गर्दै आएको छ। यस वर्ष पनि कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन संघले विशेष तयारी गरेको थियो।

Previous Post

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीद्वारा होली पर्वको शुभकामना

Next Post

होली पर्व मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीको आग्रह

Next Post
होली पर्व मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीको आग्रह

होली पर्व मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana