Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

by नेपाल टाइमलाइन न्यूज
March 15, 2025
in मनाेरञ्जन
A A
0
‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह
11
SHARES
Share on FacebookShare on Twitter

जनकपुर । यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।

होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन शुक्रबार मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरेको छ । मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा गर्दै उनलाई ठट्टा स्वरुप महामूर्खको उपाधि प्रदान गरिएको हो ।

होलीका अवसरमा मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याउँदै आएको छ । होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम २०६१ सालदेखि आयोजना भइरहेको छ । २०६१ सालमा मैथिली कवि नरेश ठाकुर, ०६२ मा नेकपा एमालेका नेता शीतल झा, ०६३ मा जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा सद्भावना पार्टीका नेता ओमकुमार झा लगायतलाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी ०६५ मा साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, ०६७ मा राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव र ०७० मा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई पनि महामूर्ख उपाधि दिइएको थियो ।

०७१ सालमा शत्रुधन महतो, ०७२ मा पवन सिंघानिया, ०७३ मा सप्तरीको मलेठमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको घटनापछि मिनापले कार्यक्रम स्थगित गरेको थियो । ०७४ देखि २०८० सालसम्म विभिन्न प्रमुख र चर्चित व्यक्तिहरूलाई महामूर्खको उपाधि प्रदान गरिएको छ ।

जसमा पूर्वराष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल, जनकपुरधामका मेयर लालकिशोर साह, पूर्वमुख्यमन्त्री लालबाबु राउत, महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका व्यक्तित्वलाई समावेश गरिएको थियो ।

 

Previous Post

कोशी प्रदेशमा दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की

Next Post

४१ करोड मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्ने अमेरिकी घोषणा

Next Post
४१ करोड मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्ने अमेरिकी घोषणा

४१ करोड मूल्यबराबरका नेपाली सम्पदा फिर्ता गर्ने अमेरिकी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana