Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

by नेपाल टाइमलाइन न्यूज
August 10, 2023
in विश्व
A A
0
नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार
11
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो ।

 

मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

 

कतार सरकारद्वारा जारी भएको नयाँ कानुनको बारेमा पनि श्रमिकलाई जानकारी दिने उद्देश्यले महत्त्वपूर्ण कार्यक्रम गरेको हो । श्रमिक कामदारहरुलाई कम्पनीको शोषणबाट मुक्त रहनको लागी कतारको नयाँ कानुन १७/२०२१ र २०२३ को बारेमा श्रमिकहरुलाई जानकारी दिएको हो ।

 

कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ । कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।प्रत्येक श्रमिकले कार्यस्थलमा पर्याप्त पिउने पानी, उपकरण, सुरक्षाका सामान तथा आवस्यक उपकरण र सामान पाउनु उस्को आधारभूत अधिकार हो भनेर कानुनले प्रष्ट पारेको छ।

 

गर्मियाममा देखिने सम्पुर्ण रोग जस्तै एलर्जी,उच्च तापक्रम,डिहाइटेशन लगायतका उपचार पाउनु पनि श्रमिकको आधारभूत अधिकार भित्र पर्ने गर्दछ । यसैगरी कुनै कम्पनीले बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र कुनै पनि त्यस्तो खुल्ला स्पेसमा काम लगाए जहाँ श्रमिकले उच्च तापक्रम झेल्नु पर्दछ यसबारे मन्त्रालयको हटलाइन र राष्ट्रिय मानवअधिकार समिति कतारमा उजुरी दिन सक्ने प्रावधान रहेको बताइएको छ।

 

श्रमिकले तापक्रम र गर्मियाममा उच्च तापक्रम वृद्धि भएको खण्डमा काम छोडन सक्ने र त्यस बापत उसको ज्यालामा कुनै कटौती नहुने र कम्पनीले कटौती गरेमा त्यो दन्डनिय हुने कानुनी प्रावधान रहेको छ।

 

कानुनी बिभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गर्नु भएको थियो ।

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आयोगको यस प्रकारको भूमिकाको प्रसंशा गर्दै र बिगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्न जोड दिनु भएको थियोे।

 

यसैगरी राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूत हरुलाई समेत निमन्त्रणा गरिसकेको राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले जानकारी दिनुभयो । प्रोफेसर अलिले कतारमा कार्यरत नेपालीहरुलाई कुनैपनि किसिमका समस्या परेमा राष्ट्रिय मानव अधिकार कतार नेपाली डेस्कलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

 

कार्यक्रमका सहभागीहरुलाई आयोगको तर्फबाट आफ्नो अधिकार बारे सचेत रहने र सो बारे जानकारी उपलब्ध गराउने बुकलेट तथा अन्य लाभदायक सामाग्री प्रदान गरिएको थियोे।

 

कार्यक्रममा आयोगका महासचीव महामहिम सुल्तान अल जमालीको प्रमुख आथित्यमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरु हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो I

Previous Post

उपराष्ट्रपति यादव चीन भ्रमणमा जानुहुँदै

Next Post

कांग्रेसका सांसद सुनील शर्मा पक्राउ

Next Post
कांग्रेसका सांसद सुनील शर्मा पक्राउ

कांग्रेसका सांसद सुनील शर्मा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana