दूईदेशको सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्ने सुझाब
नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् ।
नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको कथन थियो ।
नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको पनि उहाँहरुले वताउनुभयो ।
नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा वक्ताहरुले भने – दूबैदेश वीच सम्बन्ध खराब हुने कार्य कतैवाट हुनु हुँदैन् ।
संविधानसभा सदस्य मुंगालाल महतोले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दूई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ वताउनुभयो ।
हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ । विश्वका शान्तिका प्रतीक एवं बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले समेत नेपाली भूमिका जन्मेर भारतको भूमिमा गएर ज्ञान प्राप्त गरेका थिए । भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको होइन । अयोध्याका राजा रामले मिथिलाका छोरी जानकीसँग विवाह गरेका थिए । यसैगरी दुवै देशले धुमधामसँग मनाउने चाडपर्व उही छन्, सामाजिक मूल्य, संस्कार सबैमा समानता पाइन्छ । तसर्थ यी दुई देशबीचको सम्बन्ध जस्तोसुकै तागतले पनि छुट्याउनै नसकिने गरी कसिलो छ, प्रगाढ छ ।
नेपाल भारत खुला सीमा संवाद समुहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् बताउनुभयो । उहाँले भन्नुभयो मुख्य कुरो दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने मात्रै हो । त्यस्तो समझदारी रहेसम्म सीमावर्ती क्षेत्रमा हिँड्ने पैदलयात्रीको गोडामा बिझ्ने काँडालाई तूल दिन हुँदैन ।
नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् उहाँको कथन थियो ।
नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्ने । खासगरी नेपाल र भारत दुवै देशका प्रवुद्ध व्यक्ति (इ. पि.जी) ले यससम्बन्धी विस्तृत अध्ययन गरी सुझाव दिएको कार्यको आफूहरु स्वीकार नगर्ने बताए । केही व्यक्ति नेपाल भारतको सम्बन्ध खराब गर्नमा लागि परेको बताउँदै उहाँले भन्नुभयो – खराब गर्ने तत्वको खोजी गरी सार्वजनिक गनुृपर्छ ।
खुला सीमाका कारण तस्करी र आतंकबाद बढेकोे गरेको चर्चा गर्नु नै गलत रहेको चर्चा गर्दै झाले भन्नुभयो तस्करी र आतंकबाद सुरक्षाकर्मीको गैरजिम्मेवारिताका कारण मात्रै हुने गरेको छ । काठमाडौ एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन पक्राउ पर्नु तथा आजका दिन नोभेबर २६ मा मुम्बईमा भएको आतंकी हमला र भारतको संसदमा भएको आक्रमण घटना खुला सीमाका कारण नभएको सत्यलाई बुझनुपर्छ उहाँले भन्नुभयो ।
भारतका अररिया जिल्ला परिषद्का उपाध्यक्ष श्रवणकुमार दासले सीमामा देखिएका समस्या समाधानका लागि स्थानीयस्तरवाट पनि समाधान गर्नुपर्छ वताए । उहाँले भन्नुभयो सीमामा सुरक्षाको कुनै समस्या छैन जनस्तरवाटै सुरक्षा भइरहेको जानकारी दिए ।
बुर्जु गाउँपालिकाका अध्यक्ष जीवछ रायले सीमामा जस्तो समस्या देखाइएको छ त्यस्तो नरहेको बताए । हामी एक अर्कासँग परिवार जस्तै रहिरहेको बताए । सीमामा सुरक्षाकर्मीले हामी जस्तोलाई समस्या गरिरहेको छ भने अरुलाई अझै कस्तो समस्या गर्दै होला सहजै बुझन सकिन्छ बताउँदै उहाँले भन्नुभयो मेरो भारतमा केही बिघा जग्गा छन् त्यसमा उब्जेको धानलाई नेपाल ल्याउन समस्या गरिरहेको छ ।
लोसपाका सहमहासचिव संतोष मेहताले कार्यपत्र प्रस्तुत गर्दै सन् १९५० मा गरिएको ‘शान्ति तथा मैत्री सन्धि’ पछि नेपाल र भारतका बीचको भौगोलिक सिमाना घोषित रुपमा खुला रहेको छ । उक्त सन्धीको बुँदा नम्बर ७मा लेखिएको छ, ‘भारत र नेपालका सरकारहरु आवास, सम्पति माथिको स्वामित्व, वाणिज्य तथा व्यापारमा सहभागिता, आवत–जावतको सुविधा र यस्तै प्रकृतिका अन्य सुविधाहरुमा एउटा देशका नागरिकलाई अर्को देशको भूमिमा पारस्पारिक आधारमा समान सुविधा प्रदानगर्न मंजुर गर्दछन यो पालना तर्फ दूबै सरकारले कार्य गर्नुपर्छ वताउनुयो ।
देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले खुला सीमाका कारण जति यो क्षेत्रको विकास भइरहेको छ त्यति सीमा बन्द गरेर हुन नसक्ने बताइन । उहाँले खुला सीमाका कारण हामी नेपालीले उपचारका लागि सहजै भारत जान पाउँछौ, पढनका लागि पनि उता जान समस्या हुँदैन बताइन ।
कार्यपत्र प्रस्तुत गर्दै जनकपुरधामका पत्रकार सुजीतकुमार झाले भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ ? यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक रहेको उल्लेख गरेका छन् ।
नेपाल भारत खुल्ला सीमा संवाद अन्तरगत सुनसरीको देवनागञ्ज र भारतको नरपतगञ्जका स्थानीय बीचमा भएको अन्तरकृया कार्यक्रममा सहभागी अथितिहरु ।