Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विद्यालयमा कक्षा नलिने शिक्षकलाई कार्वाहीको माग

कक्षा नलिने शिक्षकलाई कार्वाहीको माग

by नेपाल टाइमलाइन न्यूज
November 28, 2023
in समाचार
A A
0
विद्यालयमा कक्षा नलिने शिक्षकलाई कार्वाहीको माग
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरुले सोमबार कक्षा नलिएको भन्दै अभिभावकहरुले कार्वाहीको माग गरेका छन् ।

शुक्रबार विद्यालयका पाँच शिक्षकलाई स्पस्टीकरण सोध्न विद्यालय व्यवस्थापन समिति अध्यक्षले निर्देशन दिनुभएको विषयलाई लिएर कामचोर शिक्षकहरुले सोमबार कक्षा नलिएको भन्दै विद्यालयका अभिभावकहरुले कार्वाहीको माग गरेका हुन् ।

वर्षयता पटक पटक समयको पालन गर्न दिएको निर्देशनको अटेर गर्दै आएका शिक्षकमध्ये पाँच जनालाई स्पस्टीकरण सोध्ने भएपछि काम गर्नुनपर्ने, कक्षा र घण्टी लिन नपर्ने पल्केका शिक्षकहरुले कक्षा नलिएकाले अभिभावकहरुले समेत कार्वाहीको माग गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवलाई भेटेर सयौ अभिभावकहरुले सरकारी जागीर तलबभत्ता खाने शिक्षकहरुले विना सूचना कक्षा नलिई बालबालिकाहरुको भविष्य माथि खेलवाड गर्ने शिक्षकहरुलाई कार्वाहीको माग गरेका हुन ।

विद्यालयमा काम नगर्ने शिक्षकहरुलाई सरुवा गर्न, कामचोर शिक्षकहरुलाई कार्वाही गर्न र विद्यालयमा नियमित पठनपाठन गर्न अध्यक्ष यादवसंग अभिभावकहरुले माग गरेका छन् ।

केही शिक्षकका कारणले विद्यालयको शैक्षिक वतावरण नै खल्बलिएको भन्दै अभिभावकहरुले त्यसा शिक्षकहरुको पहिचान गरि कार्वाही गर्न माग गरेका छन् । समिति अध्यक्ष यादवले विद्यालयमा शिक्षकहरुले कक्षा नलिएको भन्दै अभिभावकहरुले कार्वाहीको माग सहित गुनासो लिएर आएको पुष्टी गर्नुभएको छ । यादवले कक्षा नलिएको भन्दै अभिभावकहरुले कार्वाहीको माग गरेको विषयमा इनरुवा नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीराज निरौला र प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलाई जानकारी गराएको प्रतिकृया दिनुभयो । उता शुक्रबार कार्यालय समयमा दिनको १ बजे विद्यालय पुग्दा हाजिरिमा उपस्थित भएको तर कक्षा र विद्यालय परिषरमा नभेटिएको र सोमबार विद्यालयको अनुशासन पालन नगरेको शिक्षक तेजनारायण यादव र शिवनारायण साहलाई थप स्पस्टीकरण सोधी कार्वाही गर्न प्रअ श्यामदेव मेहतालाई निर्देशन दिएको छ ।

Previous Post

यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा

Next Post

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारतको सम्बन्ध माथि चर्चा

Next Post
सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारतको सम्बन्ध माथि चर्चा

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारतको सम्बन्ध माथि चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana