विराटनगर । सिराहा जिल्ला निवासी उमेश कुमार मण्डल, जो विगत आठ-नौ महिनादेखि दुबईमा अलपत्र अवस्थामा रहेका थिए, अन्ततः नेपाल फर्कन सफल भएका छन्। जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको श्रम समितिका सभापति माननीय अब्दुल खानको विशेष पहल र नेपाल कोभर डट कम टिमको सहयोगमा मण्डललाई उद्धार गरिएको हो।

मण्डलका अनुसार, काठमाडौँको गोंगबुस्थित डि स्क्वायर मेनपावरले उनलाई गल्फ मेनेजमेन्ट मेनपावरमार्फत दुबई पठाएको थियो। तर, सम्झौता अनुसारको काम र पारिश्रमिक उपलब्ध गराइएको थिएन। उल्टो, उनलाई अर्कै स्थानमा लावारिस अवस्थामा राखिएको थियो। उनले पटक-पटक मेनपावरलाई जानकारी गराउँदा पनि कुनै पहल भएन।
खानको पहलमा सफल उद्धार अन्ततः मण्डलकी पत्नीले श्रम समितिका सभापति माननीय अब्दुल खानका स्वकीय सचिव ई. अतिउल्लह मुसलमानसँग सम्पर्क गरेपछि समस्या समाधानतर्फ अघि बढ्यो। खानको विशेष प्रयासले मण्डललाई सुरक्षित रूपमा नेपाल फर्काउन सकिएको हो।
उमेश मण्डलले भने, “मलाई उद्धार गरेर नेपाल ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। विशेषतः माननीय अब्दुल खानज्यूको पहलले मेरो जीवन बचेको छ।”
वैदेशिक रोजगारमा जाने कामदारहरूमाथि भइरहेका अन्याय र ठगीप्रति राज्यले गम्भीर ध्यान दिनुपर्ने बताउनु भयो।





