सुनसरी, माघ १० गते,
रविन्द्र यादव । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ। यस अभियानलाई सफल बनाउन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उत्कृष्ट नेतृत्व प्रदान गर्दै आएका छन्। सुनसरी जिल्लाको कोशीटप्पु क्षेत्रमा आयोजित मूल आयोजक समितिको बैठकले पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजनाहरू अघि सारेको छ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथि वन तथा वातावरण कोशी प्रदेश मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा विभिन्न पदाधिकारीहरूको उपस्थितिमा पर्यटन वर्ष २०८२ का लागि महत्वपूर्ण निर्णयहरू गरियो। मन्त्री सदानन्द मण्डलले बैठकमा आफ्नो प्रभावकारी प्रस्तुतिबाट पर्यटन, वातावरण संरक्षण, र दिगो विकासका पहलहरूको महत्त्व झल्काए।
मन्त्री मण्डलको नेतृत्वमा वन क्षेत्रको संरक्षण र जैविक विविधता प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। अतिक्रमण नियन्त्रण, वृक्षारोपण, र वातावरणीय सन्तुलन कायम राख्ने उनको योजनाले सकारात्मक प्रभाव पारेको छ।
मन्त्री मण्डलले कोशीटप्पु क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठोस योजना अघि सारेका छन्। यहाँ पर्यटकलाई आकर्षित गर्न सरसफाइ, पूर्वाधार विकास, र स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने कार्यहरू अगाडि बढाइएका छन्।
ग्रामीण क्षेत्रमा पर्यटनको पहुँच पुर्याउँदै स्थानीय कला, संस्कृति, र परम्परालाई विश्वस्तरमा पुर्याउने अभियान मन्त्री मण्डलको प्राथमिकतामा रहेको छ।
भारतीय पर्यटकहरूको आगमनलाई सहज बनाउन स्थलमार्गमा सुरक्षा जाँच प्रक्रिया सरल पार्ने, सीमा क्षेत्रमा सुविधा थप्ने, र पर्यटन गन्तव्यहरूको व्यापक प्रचारप्रसार गर्ने काम अघि बढाइएको छ।
बैठकमा तीनै तहका सरकारहरू, निजी क्षेत्र, र सरोकारवालाहरूबीच समन्वय गरी कोशी प्रदेशको पर्यटनलाई आर्थिक समृद्धिको स्रोत बनाउने सहमति गरियो। मन्त्री मण्डलले पर्यटनलाई दीर्घकालीन फाइदाको स्रोत बनाउँदै राष्ट्रिय पुँजीको आधारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री मण्डलले भने, “कोशी प्रदेश पर्यटन वर्ष २०८२ प्रदेशको समृद्धिको लागि एक ऐतिहासिक कदम हो। यसलाई सफल बनाउन हामी सबै तहका सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै कार्यान्वयन सुनिश्चित गर्नेछौं।”
मन्त्री मण्डलको नेतृत्वले कोशी प्रदेशको पर्यटन विकासमा मात्र होइन, वातावरण संरक्षण र आर्थिक समृद्धिमा पनि योगदान पुर्याइरहेको छ।
बैठकमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको व्यापक सहभागिता कोशी प्रदेश पर्यटन वर्ष २०८२ को मूल आयोजक समितिको बैठकमा विभिन्न तहका सरकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। कोशी प्रदेशभरका स्थानीय तहहरूबाट गाउँपालिका अध्यक्ष, मेयर, उपमेयर र उपाध्यक्षहरूले आफ्नो क्षेत्रको पर्यटन विकासका लागि प्रतिबद्धता व्यक्त गरे। स्थानीय तहका प्रमुख र उपप्रमुखहरू,विभिन्न गाउँपालिका अध्यक्ष र उपाध्यक्,
नगरपालिका मेयर र उपमेयरहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू,कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू,नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाका
उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू: प्रदेशका उद्योग र व्यापारलाई पर्यटनसँग जोड्नका लागि कार्यक्रमहरू सञ्चालन गर्ने सहमत,होटेल व्यवसायी संघका प्रतिनिधिहरू: पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न पहल,पर्यटन प्रवर्द्धन र संरक्षणमा सक्रिय संघसंस्थाहरू,
कोशीटप्पु र बर्दिया क्षेत्रमा जैविक विविधता र पर्यावरणीय स्थायित्वका क्षेत्रमा योगदान गर्ने संस्थाहरूको सक्रियता,
विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरू,
शिक्षाविद्, पर्यटनविद्, र वातावरणविद्हरूको सहभागिताले बैठकलाई थप बहुआयामिक बनायो।
स्थानीय तह, सुरक्षा निकाय, व्यवसायिक क्षेत्र, र सामाजिक संघसंस्थाहरूको संयुक्त सहभागिताले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को महत्त्व झल्काएको छ। यस बैठकले पर्यटन र वातावरण संरक्षणको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ।





