Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न

पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
April 15, 2025
in विश्व
A A
0
पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न
15
SHARES
Share on FacebookShare on Twitter

ईलाम । कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले १२ देशका महामहिम राजदूतज्यूहरू, विदेशी कूटनीतिज्ञहरू तथा नेपाल सरकारका परराष्ट्रमन्त्री आरजु देउवाको नेतृत्वमा दुईदिने विशेष कूटनीतिक भ्रमण सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात झापाको भद्रपुर विमानस्थलमा भएको थियो । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापा र झापा जिल्ला सभापति देउकुमारले राजदूतहरू सहितको टोलीलाई न्यानो स्वागत गर्नुभएको थियो। त्यसपछि बिर्तामोड, बुद्धशान्ती हुँदै श्रीअन्तु, ईलामसम्मको यात्रा सम्पन्न गरिएको हो।

यात्रामा सहभागी राजदूतहरू र कूटनीतिज्ञहरूले नेपालको हरियाली, भौगोलिक विविधता, सांस्कृतिक समृद्धि र आतिथ्यता प्रति गहिरो प्रभावित भएको प्रतिक्रिया दिएका छन्। श्रीअन्तुको सूर्योदय, प्राकृतिक सौन्दर्य, चिया बगान र हिमाली दृश्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

परराष्ट्रमन्त्री देउवाले १२ देशका राजदूतहरूसँगको यस कूटनीतिक संवादले पर्यटन क्षेत्रलाई सशक्त बनाउन ठूलो सहयोग पुग्ने बताउँदै, नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न विश्व समुदायसँग सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यात्राको समापनमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष २०८२ लाई सफल बनाउने सन्दर्भमा राजदूतहरूद्वारा दिएको सकारात्मक सन्देश र सहभागितालाई ऐतिहासिक मानेका छन्। कार्यक्रममा पर्यटन वर्ष निर्देशक समितिका सह-संयोजक भविस कुमार श्रेष्ठ , कृष्ण शाह, सदस्यहरू राजन दंगाल, वासुदेव बराल, देवी गौतमलगायतको उपस्थिति उल्लेखनीय रह्यो।

स्थानिय तह, सामाजिक क्षेत्रका व्यक्तित्व, शुभेच्छुक र शुभचिन्तकहरूको बाक्लो उपस्थिति र सहभागिताले वातावरण थप उत्साहजनक बनाएको थियो।

कोशी प्रदेशमा पर्यटनको अपार सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले गरिएको यो भ्रमणले सकारात्मक सन्देश प्रवाह गरेको छ।

नेपाल सरकार, कार्यक्रम आयोजक तथा सहभागी सम्पूर्ण महानुभावहरूलाई यात्रा सुखद होस् र कार्यक्रम पूर्ण सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।

Previous Post

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

Next Post

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

Next Post
कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana