Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मुख्यमन्त्री लालबाबु राउतको साढे चार वर्षमा मुख्य उपलब्धि ! 

मुख्यमन्त्री लालबाबु राउतको साढे चार वर्षमा मुख्य उपलब्धि ! 

by नेपाल टाइमलाइन न्यूज
June 28, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मुख्यमन्त्री लालबाबु राउतको साढे चार वर्षमा मुख्य उपलब्धि ! 
90
SHARES
Share on FacebookShare on Twitter

तनविर रेजा राइन जनकपुर /

अनेकौँ प्रतिकूलता, सीमितता र कठिनाइका बाबजुद पनि मधेसका जनतालाई प्रदेशको नेतृत्वको अनुभूति गराउन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा विगत साढे चार वर्षमा महत्वपूर्ण काम भएका छन् ।

 

उल्लेखनीय सफलता र ऐतिहासिक उपलब्धिहरू हासिल भएका छन्। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने महत्वपूर्ण आधार निर्माण गरेको छ । पूर्वाधारमा फड्को मार्ने, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गुणात्मक प्रगति, सामाजिक न्याय र सुरक्षा, रोजगारी सिर्जना, सिँचाइ तथा कृषि, सूचना प्रविधि र सेवा प्रवाहमा उल्लेख्य उपलब्धि हासिल भएका छन् ।

 

साढे चार वर्षको मुख्य उपलब्धि : प्रदेशको विकास, सुशासन र समृद्धिका लागि मधेश सरकारले अघि सारेका नीति र प्राथमिकताका आधारमा प्रदेशमा गुणस्तरीय शिक्षाको आधारका रूपमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार, बेटि पढाउ बेटि बचाउ र स्वच्छता अभियान, आधुनिक ऊर्जा उज्यालो प्रदेश, योजनाबद्ध सहरी विकास, सुरक्षित आवास, पर्यटन, औद्योगीकरण र आर्थिक वृद्धि, उद्यमशीलता, समानतातर्फ महिलाका लागि प्रत्येक समावेशी क्लस्टरमा ५० प्रतिशत महिलाको व्यवस्था, छोरी बिमा , जलवायु अनुकूलन र विपत् व्यवस्थापन, न्याय र मानव अधिकार, कानुनी सुधार र प्रभावकारी समन्वय भएको छ।

 

 

त्यसैगरी, पाँच वर्षअघि मधेसका लाखौं बालिका शिक्षाबाट वञ्चित थिए । अहिले लाखौं बालिकाहरू समाजको अन्धविश्वासबाट मुक्त भएका छन् । मुख्यमन्त्री राउतले गरिब, किसान, व्यापारी, मजदुर र सबै वर्गलगायत सबै जात, धर्म र समुदायमा सम्मानता देखाए। मधेस प्रदेशको आठौं जिल्लाको सरकारी अस्पताललाई एम्बुलेन्स उपलब्ध गराइएको छ । जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले ९ हजार ७ सय पीडित परिवारलाई घर निर्माण गरिएको छ। जानकी मन्दिर सौन्दर्यकरण, ३७ विद्यालय भवन, ७६ सामुदायिक भवन, २२ धर्मशाला, छात्रावास, वृधाआश्रम, खेलमैदान निर्माण, साइकल वितरण, ट्याक्टर वितरण, अस्पताल निर्माण, सडक निर्माण, २ विश्वविद्यालय जसमध्ये राजविराजमा प्रदेश कृषि विश्वविद्यालय निर्माणले हजारौं विद्यार्थीको सपना पूरा हुँदैछन् ।

 

मधेशका प्रादेशिक अस्पतालहरुमा स्वास्थ्य बिमा कार्यक्रम संचालन भइरहेको छ। काठमाडौं या भारतको पटना जानू पर्ने बाध्यतालाई चिर्दै अब मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमै femur fracture को सल्यक्रियामा सफलता हात पारेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा HIV Viral Load र Hepatitis B,C TB-PCR Test हरु संचालनमा रहेकोे छ। यस्तै, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट BPH, BNS, BSc Nursing, BSc MLT लगायतका प्राज्ञिक कार्यक्रमहरु संचालन भइरहेको छ।

 

 

मधेश प्रदेश सरकारले ४२ वटा माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालय बनाएर पठनपाठन सुचारु गरेको छ । निजी तथा सहकारी साझेदारीमा ३२ थान २००-३०० मिटर आकारकार हाइटेक नर्सरी निर्माण भएको छ। प्रदेशका आठै जिल्लामा २९२ वटा कल्भर्ट निर्माण भइ सुचारु भइसकेको छ। मधेश प्रदेश सरकारले नेपाली सेना, प्रदेश प्रहरी कार्यालय र स्थानीय तहहरुलाई वरुण यन्त्र, मिनी बस, ट्रक, जीप, मोटरसाइकल, लगायतका ५७ वटा सवारी साधन हस्तान्तरण गरेका छन्। मधेश प्रदेश सरकारले २७ जना सहिद परिवारलाई रोजगार उपलब्ध गराइएको छ। मधेश प्रदेश सरकारद्वारा ३२ पुल र तीन झुलुङे पुलको निर्माण सम्पन्न भइ संचालनमा आएको छ।

 

मधेस सरकारले जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेको र दलित, महिला, मुस्लिम र अन्य समुदायलाई राज्यको मूलधारमा ल्याउने प्रयास त्यसका ठोस उदाहरण हुन् । मधेश प्रदेश सरकारले मुस्कान खातुन र आरती साह लगायतका एसिड पीडित महिलालाई रु.५ लाखको दरले आर्थिक सहयोग प्रदान गरेका छन् । यसैबिच मुख्यमन्त्री राउतले भारतसँग नेपालको सामाजिक र मित्रता सम्बन्धलाई मजबुत बनाउनुभएको छ। अब मधेश सरकारले छोरीको साइकलका लागि छोरीको खातामा सिधै पैसा पठाउने, कक्षा १२ का विद्यार्थीलाई ल्यापटप दिने कार्यक्रम संचालन गरेका छन् । साढे चार वर्षको उपलब्धि अझै पाना बाकी। धन्यवाद !

लेखक : तनविर रेजा राइन (पत्रकार)

Previous Post

TVS मोटरसाइकल कपनीले RTR 160 4v FI BSVI मोडेल बाइक यस श्री धर्मराज ट्रेडर्स एण्ड सप्लायर्स इनरुवाको शोरुममा लन्च गरियो

Next Post

उराँव समुदायका खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

Next Post
उराँव समुदायका खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

उराँव समुदायका खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana