Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सडक निर्माणमा सरकार गम्भिर ः मन्त्री कार्की

सडक निर्माणमा सरकार गम्भिर ः मन्त्री कार्की

by नेपाल टाइमलाइन न्यूज
July 13, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सडक निर्माणमा सरकार गम्भिर ः मन्त्री कार्की
12
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकास मन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
मन्त्री कार्कीले विगतको भन्दा शहरीकरण र जनसंख्या वृद्धिले सडक बाटो फराकिलो गर्नुपर्ने आवश्यक भएपनि अनावश्यक अधिक्रमण र थप बाटोका लागि जग्गा लिनुपर्नेमा मुआब्जाको समस्या हुने भएकाले जोखिमका बीचमा पनि प्रदेश सरकारले सडक निर्माण र विस्तारमा ध्यान दिएको बताउनुभयो ।
वहाँले अधिकाँश सडकहरु सागुरो भएकोले बढदो शहरीकरण र जनघनत्वका कारण सडकहरुमा आवत जावतमा समस्या भएको बताउनुभयो । कतै भएको सडकबाटोमा अतिक्रमण बढेकोे छ भने कतै भएको सडकमा काम नहुँदा दुर्घटनाको जोखिम समेत बढेको वहाँको भनाई छ ।
पूर्व मख्यमन्त्री भिम प्रसाद आचार्यले पनि कार्यक्रममा सडक निर्माण हुनुपर्ने र त्यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।
नेपाली काग्रेंस प्रदेश १ संसदिय दलका नेता तथा पार्टीका केन्द्रिय सदस्य राजिव कोईरालाले सडक निर्माणका सवालमा आफूले सदनमा कुरा उठाएको तर सुनुवाई नभएको बताउनुभयो । पच्छिलो पटक संघीय की प्रदेश सरकारले दुहवी इनरुवा सडक हेर्ने विषयमा पनि केही अन्यौल रहेकाले पनि समस्या भएको बताउनुभयो । वहाँले चार लाईन नभएपनि दुई लेनको स्तरीय सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सासद ताहिर अंसारी र ज्योती सुब्बाले पनि शहरीकरण र जनसंख्या वृद्धिले पुरना सडकबाटो अभाव भएको र सबारी चाप बढेकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
दुहवी नगरपालिकाका प्रमुख देवनारायण गच्छदार, गढीका अध्यक्ष आशनारायाण चौधरी र इनरुवा नगर प्रमुख केदार भण्डारी सहितले अहिले बढेको सबारी चापले पैदल यात्रुलाई समस्या भएकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इनरुवा उपप्रमुख विनिता कुमारी मेहता, गढीका उपाध्यक्ष अनिता कुमारी साह, एमालेका नेता सरोज पोखरेल, इनरुवाका वडा अध्यक्षहरु अनिल पोखरेल, प्रमोद पोखरेल, सुमन थापा सहितको उपस्थिती रहेको थियो ।
स्थानीय नागरिकहरुको सकृयतामा इनरुवा दुहबी सडक निर्माण दवाव समितिले इनरुवा दुहबी सडक खण्डको इनरुवा ५, ७ गढी २, दुहबी १०, २ र ६ सम्मको सडक जिर्ण बनेर आवतजावतमा समेत कठिन बनिसकेकोले निर्माणका लागि दवाव दिन स्थानीय स्तरमा संघर्ष समिति गठन गरिएको छ ।
करिव १५ कि.मि. लामो दुहवी– इनरुवा सडक खण्ड लामो समयदेखि जिर्ण बनेपनि सामान्य टालटुल गरेर सञ्चालनमा रहेको छ । तर पछिल्लो एक वर्षमा आधा दर्जन पटक टालटुल गरेपनि फेरि उस्तै भएपनि आजित प्रभावित स्थानीयहरुले नयाँ सडक निर्माणको लागि दवाव दिन भन्दै संघर्ष समिति गठन गरेको समितिका संयोजक गोविन्द प्रसाद पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार इनरुवा दुहवी सडक खण्डमा पर्ने समाजसेवी, बुद्धिजीवि तथा व्यवसायी गोविन्दप्रसाद पोखरेलको संयोजकत्वमा ५० सदस्यीय सडक निर्माण दवाव समिति गठन गरिएको थियो ।
भेलामा समितिको सह–संयोजकमा दण्डपाणी भण्डारी, एकराज खनाल, दाताराम पोखरेल, माधवप्रसाद सुवेदी, सचिवालय सदस्यहरु इनरुवा नगरपालिका ५ का पूर्व वडाध्यक्ष अञ्जनीकुमार पोखरेल, अच्यूत भण्डारी, नेत्र श्रेष्ठ, हेमराज पोखरेल, लालबहादुर श्रेष्ठ, हेमबहादुर श्रेष्ठ, सीता पोखरेल, कृष्ण खनाल, ईश्वर पोेखरेल, रमेश कट्वाल, कपिलहरी निरौला, विनोदभाई पोखरेल, रामनारायण चौधरी र टंकप्रसाद पोखरेल लगायतकाले समस्याका बारेमा बोल्नुभएको थियो ।
समितिले दुहबी इनरुवा सडक खण्डमा दायाँबाँया ढल निकास सहितको ४ लेनको गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, सडकको दायाँबाँया कम्तीमा ५–५ फिटको यात्रु आवत जावत गर्ने फुटपाथ निर्माण गर्नुपर्ने, सडकको छेउछाउमा दुवैतर्फ सडकको पानी निकासका लागि कम्तीमा भी सेप राख्ने, चार लेन मध्ये दुवै तर्फ वनवे निर्माण गर्ने र बिचमा डिभाइडर निर्माण गने र बिजुली, खानेपानी, अप्टीकल फाइवर, नेटका तारहरुको समुुचित व्यवस्थापन गर्ने लगायतका मागहरु अघि सारेका छन् ।
१, सुनसरीको इनरुवामा दुहबी इनरुवा सडक निर्माण दबाव समितिले आयोजना गरेको कार्यक्रमका अथितिहरु र सम्बोधन गर्नुहुदै मन्त्री हिमाल कार्की ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

Next Post

भानु जयन्तीको अवसरमा साहित्य कार्यक्रम

Next Post
भानु जयन्तीको अवसरमा साहित्य कार्यक्रम

भानु जयन्तीको अवसरमा साहित्य कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana