सुनसरीको सदरमुकाम इनरुवामा महानन्द साहित्य प्रतिष्ठान, सप्तरंगी साहित्य समाज र सिर्जनामा इनरुवाको सयुक्त आयो आदिकवि भानुभक्त आचार्यको २०९ औ जन्मजन्यती मनाइएको छ । भानु जन्यतीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । इनरुवाका साहित्यकार र पत्रकारहरूले भानुको योगदान र साहित्यको चर्चा गर्दै रचना, विचार र सृजना प्रस्तुत गरेर बुधबार साहित्य कार्यक्रम गरि भानु जयन्ती मनाएको हो ।
कार्यक्रममा प्रकाश अनुरा र राधा सुवेदीले गीत, लिलानाथ सिलवालले गजल, अन्यले विभिन्न शिर्षकमा कविता र फकडा प्रस्ुतत गरेका थिए ।
कार्यक्रममा साहित्यकार डम्बुबल्भ भण्डारी, पुरुषोतम घिमिरे, रमेहन्द्र कोईराला, भुपाल तिम्सिना, किसोर कोईराला, फणीन्द्र प्रसाद दाहाल, टिका सिवाकोटी, कान्ता पोखरेल भट्टराई, विमला पोखरेल, सागर तिम्सिना, प्रकाश मेहता अनुराग, जयकृष्ण यादव सहितकाले सृजनाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सृजनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षता तथा पूर्व प्रधानाध्यापक पुरुषोतम घिमिरको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।