Tuesday, January 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रतिनिधि सभा सदस्य पदका बलियो उम्मेदवार पुर्व प्रोफेसर कुञ्जी लाल यादव

प्रतिनिधि सभा सदस्य पदका बलियो उम्मेदवार पुर्व प्रोफेसर कुञ्जी लाल यादव

by नेपाल टाइमलाइन न्यूज
October 18, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
प्रतिनिधि सभा सदस्य पदका बलियो उम्मेदवार पुर्व प्रोफेसर कुञ्जी लाल यादव
23
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा समाचारदाता , इनरुवा

२०७९ मंसिर ४ मा हुन गइरहेको चुनावको सरगर्मी बढ्दै गएको छ । सुनसरी जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेस बाट माननीय मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमाले जसपा गठबन्धन बाट पुर्व मन्त्री जगदिश कुसियैत रहेका छन भने लोकतान्त्रीक समाजवादी नेपाल (लोसपा) बाट पुर्व प्रोफेसर कुञ्जी लाल यादव रहेका छन । सुनसरी जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को निर्वाचन सधैं चासोको विषय रहने गरेको छ ।

 

लोसपा नेपालका उम्मेदवार पुर्व प्रोफेसर कुञ्जी लाल यादव भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ निवासी हुन । लोसपा नेपालका तर्फबाट सुनसरी जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ पदका उम्मेदबार बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) का कुञ्जी लाल यादवले आफू पहिचान र समानुपातिक प्रतिनिधित्व तथा विकास र समृद्धिका लागि काम गर्ने दावी गर्नुभएको छ । “म टुरिष्ट हैन, मेरो घर नै यहिँ हो, यहि माटोमा जन्मिए हुर्किए यो माटोको लागि केहि गर्ने प्रणका साथ उम्मेदवारी दिएको हो”, बताउँछन पुर्व प्रोफेसर समेत रहेका यादव । हामी आफैं सक्षम छौं, हामीलाइ टुरिष्ट चाहिदैन भन्ने मुद्दाको उठान आफुले गरेको दावी समेत यादवले गरे ।

 

 

 

कुञ्जी लाल यादवको उम्मेदवारीले एक विकास प्रेमी, सबल, सक्षम, जानकार, बौधिक व्यक्ति, समाजसेवी उम्मेदवार पाएको बताउँछन स्थानीय वासिन्दाहरु । यसअर्थ यादवका पक्षमा ठूलो जनलहर आकर्षित हुन थालेका छन ।

 

सुनसरी क्षेत्र नं ४ मा यसपालि टुरिष्ट उम्मेदवार कि स्थानीय उम्मेदवार भन्ने प्रश्नले स्थान पाएको देखिएको छ । अधिकांश मतदाताले हाल आएर टुरिष्ट उम्मदवारहरुलाई यसपालि बाइ बाइ गर्नु पर्ने कुरा राख्दै आएका छन । निर्वाचन क्षेत्र नं ४ का अकुम हुसैनका अनुसार, “विगतमा रुख छापमा मतदान गर्दै आएको तर निर्वाचित भएर गएका माननीय ५ वर्षमा आकलझुकल मात्र देखा पर्ने गरेको र स्थानीयहरुको समस्या जस्ताको तस्तै रहेको बताए ।” उनले थप प्रष्ट पार्दै भने,” म लगायत अधिकांश युवाहरु पुरानो अनुहारका उम्मेदवारहरुलाइ पाखा लगाउने र यसपालि पुरानालाइ पुनः मत दिएर विगतमा गरेको गल्ती नगर्ने, साथै टुरिष्ट उम्मेदवारहरुलाई यसपालि फिर्ता पठाउने बताउँछन ।”

 

नेकपा एमाले जसपा गठबन्धनबाट उम्मेदवारी दिएका पुर्व मन्त्री जगदिश कुसियैत स्थानीय नेता भएता पनि पटक पटक निर्वाचित गराउँदा समेत जनताको समस्या समाधान गर्न भन्दा पदमा बस्ने बाहेक केहि नगरेको बताउछन स्थानीय । जगदिश कुसियैतको आफ्नै गाउँपालिकामा समेत टेलिफोनको टावर नरहेको र फोन गर्न समेत रुख चढ्नु पर्ने स्थिति रहेको बताउँदै मन्त्री हुदा सिन्को समेत भाँच्न नसक्नेले फेरि अघिल्लो चुनावको एजेन्डा द्वारा ललिपप दिन खोजिरहेको स्थानीय बताउछन ।

Previous Post

पाँच वर्षअघि निर्माण गरिएको प्रसूति गृह बल्ल सञ्चालनमा

Next Post

गाउँ, सहर झिलिमिली रेडिमेड दियोले के छ धार्मिक महत्व माटोको दियोको

Next Post
गाउँ, सहर झिलिमिली रेडिमेड दियोले के छ धार्मिक महत्व माटोको दियोको

गाउँ, सहर झिलिमिली रेडिमेड दियोले के छ धार्मिक महत्व माटोको दियोको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana