Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
October 31, 2022
in मनाेरञ्जन, मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव इनरुवा,

कात्तिक १४ गते । सुनसरी सदरमुकाम इनरुवा सहितको जिल्लाको विभिन्न स्थानमा मौलिक लोकआस्थाको महान पर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्नभएको छ ।

हर्सोल्लासका साथ शुक्रबारबाट सुरु भई आईतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएकोमा सोमबार विहान उद्भाउदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको हो । सदरमुकाम इनरुवाको सुनसरी खोला, गडन खोला, शंकरपुर शाखा नरह, पोखरी र स्थानीय खोलाहरु सहित मधेसा, बबिया, जल्पापुर, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा, हरिनगरा, गौतमपुर, बसन्तपुर, घुस्की, देवानगञ्ज गाउँपालिकाको राजगंज सिनुवारी, मध्यहर्षाही, साहेवगञ्व, वर्जुको बर्जुताल, बुढी खोला, गढीको थहाला, गडन सहितको जलासय, दुहवी नगरपालिकाको बुढी खोला, कोशी गाउँपालिकाको लौकही, कोशी व्यारेज,हरिपुर, भाण्टाबारी र कोशी कटान सहितका स्थानमा हजारौ भक्तजनहरुले छठको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् ।

जल र सूर्य सहित प्रकृतिको पूजा गर्दै हर्सोल्लासका साथ मनाइने छठ पर्वले यहाँका विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता,मित्रता र सद्भाव स्थापना गर्न सहयोग पुगेको शास्त्री कुञ्जीलाल मेहताले बताउनुभयो । मेहताका अनुसार सबै स्थानीयहरुले सामुहिक रुपमा पूजापाठ र ब्रत बस्ने गरेकाले सामुहिक भावको विकास समेत भएको छ ।

त्यसैले विगतको तुलनामा छठ पर्व गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएको उहाँको कथन छ । धेरै पर्वमा कि त उदाउदो कि अस्ताउदो मात्रै सूर्य वा चन्द्रमाको पुजा गरिन्छ तर छठमा अस्ताउँदो र उदाउँदो सूर्यको एकसाथ निरहार उपासना गरी मनाइने भएकोले महत्व बढ्दै गएको अर्का शास्त्री पंडित बलराम यादवले बताउनुभयो । यादवका अनुसार यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि, सन्तान प्राप्ती र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

छठ पुजा समिति रामनगरभुटाहाले पोखरीमा रात्रि जागरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने बबिया छठ पुजा समितिले तीन दिने शास्त्री र मौलिक नाचको आयोजना गरेको समितिका अध्यक्ष देवनारायण यादवले बताउनभयो ।

जिल्लाभरीमा सर्दु र सेउती खोला, बुढी खोला, सप्तकोशी नदी, सुनसरी खोला, गगन खोला सहित हजारौ स्थानीयले घर अगाडी इनार र कुवा तथा कित्रिम पोखरीमा गरि एक लाख बढी छठ घाट निर्माण गरि पुजापाठ सम्पन्न गरेको अनुमान शास्त्रीहरुको छ ।

यहाँका छठ घाटहरुमा पूजा सहित रातभर जाग्राम र मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

छठ पर्व साझा पर्वको रुपमा विकास हुँदै बर्गिय बिभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका रहेको छठ घाटमा इनरुवा पुग्नु भएको सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति, धर्म संस्कृति तथा जातजातिहरुका समुदाय एकै ठाउँ जलाशयमा आएर पर्व मनाउनुले छठ साझा पर्वको रुपमा विकास भएको उहाँले बताउनुभयो ।

त्यसैगरी नेपाली काग्रेंसका नेता विजय कुमार गच्छदारले दुहवीस्थित बुढी खोलामा छठ पर्वको अवलोकन गर्नुहुदै यो पर्वले सामाजिक सद्भाव बढाएको बताउनुभयो । उहाँले सामाजिक विकासका लागि उद्देश्य बोकेको पर्व अगाडि बढ्दै छुवाछुत, जातपात भन्ने बिभेदहरुको अन्त्य गर्दै मनाईरहेको बताउनुभयो ।

Previous Post

सुनसरीको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना

Next Post

उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनता उत्साहीत

Next Post
प्रतिनिधि सभा सदस्य पदका बलियो उम्मेदवार पुर्व प्रोफेसर कुञ्जी लाल यादव

उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनता उत्साहीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana