जयकृष्ण यादव ।
इनरुवा, कात्तिक २० गते । सुनसरीको कोशी गाउँपालिकामा विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण दिएको छ । महिला पूर्नस्थापना केन्द्र (ओरेक)सुनसरीको आयोजनामा विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा विदैशिक रोजगारमा भोगेका पीडा, त्यहाँ प्राप्त गरेको अनुभव र सिकाईलाई स्वदेशमैं सदुप्योग गरि रोजगार गर्न प्रेरित गर्ने उदेश्यले प्रशिक्षण दिएको आयोजक आरेक नेपालकी प्रदेश १ संयोजक शान्ति दनुवारले जानकारी दिनुभयो । संयोजक दनुवारका अनुसार कोशी गाउँपालिकाका ६५ जना युवाहरुलाई एकसाथ शीप मुलक र रोजगार मुलक कार्यमा लाग्न प्रेरित गर्ने गरि प्रशिक्षण दिएको छ ।
कार्यक्रममा जिफन्डका प्रदेश १ अध्यक्ष किशोर धमला, अधिकारकर्मी डिक घिमरे र इन्सेक जिल्ला प्रतिनिधि जायकुष्ण यादव लगायतकाले प्रशिक्षण दिनुभएको थियो । उतm कार्यक्रममा आरेककी कविता मण्डल, विमला घिमरे सहित वैदेशिक रोजगारवाट फर्केका सत्रुधन यादव, सत्रुघन मण्डल ,सूर्य कविरथ, विजय गुप्ता सहितको उपस्थिति रहेको थियो ।
उता आइतवार नैं सुनसरीको गढी गाउँपालिकामा पनि विदेशवाट फर्केका युवाहरुलाई प्रशिक्षण दिएको छ । ओरेक सुनसरीको आयोजनामा ५५ जना युवाहरुलाई औरावनीमा प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा डिक घिमरे र शान्ति दनुवार लगायतकाले सहिजिकरण गर्नुभएको थियो । युवाहरुलाई नेपालमा स्वरोजगारका लागि रहेका अवसरहरु र कार्यक्रमहरुको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा सहभागीहरुले भने आफुहरुलाई सूचनाको अभाव रहेको कारण चाहेर पनि सरकारी सेवासुबिधा र सिप मुलक तालिमहरु लिन नपाएको गुनासो गरेका छन् ।