इनरूवा । फुटबल प्रतियोगिताको नाममा सुनसरीको हरिनगर गाउँपालिका वडा-१ वडा अध्यक्ष प्रवीण गुप्ताले नियम विपरीत १ लाख निकासा गरेको पाइएको छ ।
खेलकुद प्रतियोगिताको लागि गत आर्थिक वर्ष २०८९/०८० मा वडा कार्यालयले १ लाख रकम विनियोजन गरेका थिए । उक्त १ लाख रकम २ घन्टा भित्र नै वडा अध्यक्ष गुप्ता र वडाका केही युवाहरुले नक्कली खेलाडी बनेर सखाप पारेका छन् । अहिले यो विषय नै चर्चामा छन् अर्थात् गुप्ताको विरोध र आलोचना भइरहेको छ ।

फुटबल प्रतियोगिता नियम बमोजिम नभएकोले रकम निकासा गर्न मिल्दैन । खेलमा विभिन्न टिमहरु हुनुपर्ने ठाँउमा एकै गाउँका युवाहरुलाई २ वटा टिममा विभाजन गरेर १ लाख रुपैयाँ झ्वाम पारेको तथ्य बाहिर आएको छ । उक्त खेल सिधै फाइनल भएको थियो । पहिलो-दोस्रो राउन्डको खेल नभइ सिधै फाइनल खेल गराएर बजेटलाई झ्वाम पारेको हो ।
खेलको विजेतालाई समुहलाई १ वटा फुटबल दिएका छन् भने उपविजेता बनेको आयोजक समुहलाई १ लाख रुपैयाँ दिएको खुलेको छ । वडा अध्यक्ष गुप्ता र वडा कार्यालयका सचिब प्रदीप कुमार चाैधरीले कमिसनको लोभमा नियम विपरीत खेल खेलाएर रकम झ्वाम पारेको आरोप छ ।





