Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

रामधुनी मन्दिरको सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती

रामधुनी मन्दिरको सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती

by नेपाल टाइमलाइन न्यूज
September 2, 2023
in स्थानीय समाचार
A A
0
रामधुनी मन्दिरको सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती
10
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडक बिग्रिदा तीर्थयात्री र स्थानीय यात्रुलाई समस्या भएको छ । सुनसरीको रामधुनी नगरपालिका –४ रहेको मन्दिर वराहक्षेत्र नगरको वडा ८, ९, १०, भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १ र इनरुवा नगरपालिकाको वडा ८ को ३ हजार २ सय बिघा क्षेत्रफलमा फैलिएको रामधुनी वनको बीच भागमा रामधुनी मन्दिर अवस्थित छ ।

त्यहाँ आउने जाने भक्तजनकाे लागि मात्रै हाेइन् स्थानीयहरूलाई समेत समस्या हुने गरेका छन् ।

झुम्का नहरदेखि रामधुनी मन्दिरसम्मको सडक खाल्डाखुल्डी परेर बिग्रिदैगएको छ । रामधुनी मन्दिरदेखि झुम्का नहरसम्म साना–ठुला गरी एकसय २५ भन्दा बढी सडकमा खाल्डाखुल्डी परेका छन् । सम्बन्धित निकायले बाटो मर्मत नगर्दा बाटो बिग्रिँदै गएको हो ।

तीन महिनादेखि सडक बिग्रिदा समेत स्थानीय सरकार रामधुनी नगरपालिकाले मर्मतमा चासो नदिँदा दिनदिनै बाटो बिग्रँदै गएको छ । रामधुनी मन्दिरमा आउने बाटो बिग्रिदा दर्शन गर्न आउने आन्तरिक र वाह्य तीर्थयात्रीलाई समस्या हुने गरेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।

प्रकाशपुर, राजावास, सालवनी, इकाईका स्थानीयलाई पूर्व–पश्चिम राजमार्गको झुम्कासँग जोड्ने छोटो दूरीको सडक मर्मत नहुँदा तीर्थयात्री र स्थानीयलाई समस्या हुनेगरेको स्थानीय अर्जुन अधिकारीले बताउनुभयो ।

रामधुनी नगरपालिका नगर प्रमुख शङ्करलाल चौधरीलाई रामधुनी सडक बिग्रिएको बारे प्रश्न गर्दा उहाँले भन्नुभयो, “बिग्रेको सडक अब मर्मत गर्छौँ । गाउँको सडक हो अलि–अलि बिग्रिहाल्छ, चाँडै मर्मत गर्न ५० लाख बजेट छुट्याएको जानकारी दिनुभयो ।

रामधुनी मन्दिर आफ्नै किसिमको महत्त्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रूपमा परिचित रहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव रामप्रकाश कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक मर्मत गर्न अझै ढिलो गरे केही दिनपछि गाडी चल्दैन । सडकमा परेका खाल्डाहरू ठुलो हुँदैगइरहेको छ ।

हिन्दु धर्मावलम्बीको पौराणिक भनाइअनुसार त्रेतायुगमा श्री रामचन्द्र यस तपोवनको पूण्यस्थलमा वनवासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाउका एक जोर खराऊ छाडि गएको भन्ने कथन छ ।

Previous Post

सुनसरीका एसपी र डिसएपीकाे सरूवा

Next Post

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post
प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana