Tuesday, May 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीका एसपी र डिसएपीकाे सरूवा

सुनसरीका एसपी र डिसएपीकाे सरूवा सहित ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षक (डिएसपी)हरूको सरुवा

by नेपाल टाइमलाइन न्यूज
September 2, 2023
in समाचार
A A
0
सुनसरीका एसपी र डिसएपीकाे सरूवा
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षक (डिएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुख सहित ठुलो सङ्ख्यामा एसपी र डिएसपीको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार १ सय २० जना डिएसपीको सरूवा गरेका हुन्।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरूवा भएका प्रहरी प्रमुख मध्ये सुनसरी जिल्लाका अब्बल प्रहरी प्रमुखका रूपमा चिनिएका प्रभुप्रसाद ढकालकाे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगन्ज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा नयाँ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षकको रूपमा विपिन रेग्मी आउने भएका छन् । सुनसरीका प्रहरी नायव उपरीक्षक ( डिएसपी) राजकुमार राईको पनि सरुवा भएको हाे । राईको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने सुनसरीको डिएसपीमा प्रहरी प्रधान कार्यालयबाट नबिन कृष्ण भण्डारी आउने भएका छन् ।

यस्तै भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगन्ज, उदयपुरका ज्ञानेन्द्र फुयाँललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अङ्गरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

यस्तै, दाङका प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।

नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखा सरुवा गरिएको छ ।

पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगन्ज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोसी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।

Previous Post

नेकपा माऔवादी केन्द्र को तीन महिने अभियान भोलिबाट

Next Post

रामधुनी मन्दिरको सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती

Next Post
रामधुनी मन्दिरको सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती

रामधुनी मन्दिरको सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana