Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगार दिने

भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगारी दिने

by नेपाल टाइमलाइन न्यूज
October 29, 2023
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगार दिने
24
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा १०० जना बेरोजगार युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिन लागेको हो ।

गाउँपालिकाको रोजगार संयोजक शोभा कुमारी मेहताले दिएको जानकारी अनुुसार १०० जनालाई १०० दिने रोजागरी दिने भएको छ । बेरोजगार युवालाई बाटो सरसफाइ, विद्यालय सरसफाई, गोरेटो बाटो निर्माणको काम, नहर तथा पैनी निर्माण तथा आवश्यकताअनुरुपको कार्य दिने उनले बताइन् ।

रोजगारीका लागि गाउँपालिकाले गत फाल्गुन महिनामै बेरोजगारहरुकोे फाराम भर्न लगाएको थियो । सो फाराममा आवेदन दिने व्यक्तिलाई वडा समिति र स्थानीय निर्देशक समितिले क्रमश फिल्टर गरी इआइएमएसबाट प्राथमिकताको आधारमा छनौट गरिने उनले सुनाए ।

छनौटमा परेका १०० जना युवालाई एकैपटक रोजगारी दिने उनले बताइन् । रोजगारीका लागि साझेदारीमार्फत आवश्यक निर्माण सामग्री गाउँपालिकाले खरिद गरेर दिने उनको भनाइ छ ।

उता रोजगार सेवा केन्द्र भोक्राहा नरसिंह गाउँपालिकाकी रोजगार संयोजक शोभा कुमारी मेहताले बैदेशिक रोजगारमा जाने युवाहरुको सहज सेवका लागि अनलाइन नयाँ तथा पुनः श्रम स्वीकृती सहज रुपले दिन थालिएका छन् ।

उनले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेश मै रोजगारी गरौँ, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऔँ भन्ने उदेश्यका साथ जान सल्लाह तथा सुझाव दिने गरेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का स्थानीय जागेशवर मण्डलले बताए ।

त्यस्तै बैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्नका लागि सुरक्षित मर्यादित बनाउनका लागि आर्थिक वर्ष २०७९÷०८० श्रावन १ गते देखि बैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवाहरु समेत थालिएको रोजगार संयोजक मेहताले बताइन् ।

उता रोजगार सेवा केन्द्रले बैदेशिक रोजगार बोर्डको समन्वयमा शव झिकाउने, शव ढुवानी तथा घरसम्म निःशुल्क रुपमा ल्याउने, मृतक कामदारको नजिकको हकवालालाई आर्थिक सहयता, बिरामी वा अंगभंग भएमा पाइने आर्थिक सहयता, कामदारका परिवारको सदस्यलाई अल्जाइमर, क्यान्सर, मृगौला फेल, मुटु सम्बन्धी रोग पार्किन्सन रोग भएमा प्रदान गरिने औषधि उपचार सहयोग लगायतका कामकाज सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने गरेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का नजाम मियाँले जानकारी दिए ।

स्थानीय मियाँले दिएको जानकारी अनुसार (मेरो परिवारीक अवस्था एक तँ कमजोर नै छ ) त्यो कुरा कसलाई थाहाँ छैन् र यहीँ अवस्थामा मेरो छोरालाई मुटु सम्बन्धी रोग देखिएको कारण म बैदेशिक रोजगारीमा गएको ७ महिना नबित्दै बिदेशबाट छोराको उपचारका लागि फर्किनु परेको बताए ।

उनले म सामी कार्यक्रम अन्तरगत भई रहेका घरभेट कार्यक्रम मार्फत बैदेशिक रोजागारीमा जानु भन्दा अघि घरमा राखिएको कागजातकोे आधारमा रोजगार सेवा केन्द्रको समन्वयमा छोराको उपचारका लागि बैदेशिक रोजगार बोर्डबाट रोजगार संयोजक शोभा कुमारी मेहताले छिटो, छरितो र मुस्कान सहितको सहज सेवा दिएको बताए ।

Previous Post

कोशी गाउँपालिकाका सबै वडाको सडक कालोपत्रे

Next Post

छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी

Next Post
छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी

छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana