Tuesday, May 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी

छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी

by नेपाल टाइमलाइन न्यूज
November 1, 2023
in मुख्य खबर
A A
0
छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरूवा नगरपालिका–८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका–८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो ।

मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उहाँका भाई ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले हत्या गरेको आरोप लगाउनुभएको छ । कमलीले पत्रकार सम्मेलनमा छोराले रघुविरको छोरीसंग प्रेम सम्बन्ध राखेको आरोपमा दुई वर्षदेखी पटकपटक दबाव, तनाव, कुटपीट गर्दै आएकोमा कार्तिक ८ गते राती रघुविर र जदुले राती ११ बजेतिर घरबाटै उठाएर लगेको र भोली पल्ट रघुबिरको घरकै छेउमा रुपमा झुण्डिएको अवस्थामा फेला परेकाले हत्या गरेको दावी गर्नुभयो ।

आर्थिक हैसियत समान नभएकाले जाती मिलेर पनि प्रेम गरेको आधारमा हत्या गरेको मृतकका आमा कमलीको दावी छ । मृतकका परिवारजनले पीडकको घरकै आगाडीको रुपमा झुण्डिएको नभई मारेर झुण्डाएको दोवी गरेको छ । घरबिर मण्डलकी छोरी रोहनी मण्डलसंग आफ्नो छोरा प्रेम चलेकोले हत्या गरेको आरोप लगाएको छ ।

परिवारजनले हत्या भएको दावी गरेको भएपनि पीडक भनी आरोप लगाएको रघुबिर मण्डलले भने घटना आफ्नो घरकै अगाडीको रुखमा झुण्डेको भएपनि हत्या नभई आत्महत्या भएको प्रतिकृया दिनुभयो । घटनामा आफूहरुको कुनै हात नरहेको जिकिर गर्नुभएको छ ।

अर्का आरोपीत जदु मण्डलले समेत घटनाको बारेमा लगाएको आरोप निराधार र झुठो भएको प्रतिकृया दिनुभयो । घटना भएको दिन आफू रामधुनीमा रहेको समेत दावी गर्नुभएको छ ।

श्यामसुन्दर र आफ्नो भतीजीको बीचको प्रेम सम्बन्ध र हत्या वा आत्महत्याको बारेमा आफू बेखबर रहेको जानकारी दिनुभयो । पीडित पक्षले कार्तिक ९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनास्थलको लाशजाचँ प्रकृति मुचुल्का तथा शव परिक्षण गरि प्रमाण लगाई पाउँ भनेर जाहेरी दिएको थियो । प्रहरीले शवको पोष्टमार्टम कार्तिक ९ गते वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराई परीवरलाई शव जिम्मा लगाएको छ । मृतकको परिवारजनले सतगत गरेको थियो ।

घटनाको सात दिन पछि दोषीमाथि कार्वाही र आफूलाई न्यायका लागि पहल गरिदिन भन्दै पत्रकार सम्मेलन मार्फत पीडित पक्षले अपिल गरेको छ । दोषीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

प्रहरीले भने पोष्टमार्टमको रिर्पोट आएपछि मात्रै हत्या वा आत्महत्या खुल्ने भएकाले घटनाको अनुशंधान भईरहेको जनाइएको छ । डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको शव कार्तिक ९ गते विहान रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगार दिने

Next Post

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण

Next Post
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana