नेपाल आदिवासी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा विश्व आदिवासी दिवस भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा एक कार्यक्रम गरी भव्यको साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा महासंघको अध्यक्ष ममता कुमारी उराँव प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरी ,विशिस्ट अतिथि नेपाली काङ्ग्रेस सुनसरी जिल्ला संगठनका सदस्य एवं सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्रप्रसाद मेहता ज्यु,नेपाल मुस्लिम संघ सुनसरी जिल्लाका सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी,अतिथ जसपा नेपालका भोक्राहा नरसिंहका गाउँपालिकामा पुर्व गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव,नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष हेमनारायण मण्डल,नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता,६ नम्बरका वडा सभापति जमालुद्दिन मन्सुरी ,विरेन उराँव,ब्रहमदेव उराँव,६ नम्बर वडा अध्यक्ष सराजुद्दिन अन्सारी,सन्जित उराँव,देवनारायण उराँव लगायतका सहभागी थियो ।
आदिबासीहरुको सांस्कृतिक पहिचान तथा त्यसको संरक्षण र प्रवर्धनको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको महासंघको अध्यक्ष ममता कुमारी उराँव बताएकी छिन् ।
तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको आदिबासी जातिमध्ये पर्छ अल्पसंख्यक उराव समुदाय । शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा पिछडिएको उराउ जाति सुनसरीमा ४० हजारको हाराहारीमा उराउ समुदाय रहेका छ।





