Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम

भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
January 14, 2025
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम
14
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । बढ्दो भ्रष्टाचार र घट्दो सदाचारलाई रोक्न सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय तहको भूमिकाबारे छलफल गर्न विशेष कार्यक्रम सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको समन्वयमा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरूले भ्रष्टाचार न्यूनीकरणका लागि आम नागरिक, नागरिक समाज, कर्मचारी, र जनप्रतिनिधिहरू इमान्दार र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले गरेका थिए भने गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद प्रमुख अतिथि रहेका थिए ।

अध्यक्ष आजादले पारदर्शी सेवा प्रवाह र उपलब्ध स्रोत साधनको सही उपयोगमार्फत भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उपाध्यक्ष सुनिताकुमारी उराँवले समुदायमा सचेतना अभिवृद्धि गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न गाउँपालिकाले विशेष पहल गरिरहेको जानकारी दिनुभयो।

यसैक्रममा, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जनप्रतिनिधि र कर्मचारीहरूले कानुनको परिधिभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरूले भ्रष्टाचारमुक्त गाउँपालिका निर्माणका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम उपस्थित रहेको वडा अध्यक्ष कर्मचारी पत्रकार स्थानीय नागरिक लगायतको उपस्थिति रहेका थिए।

Previous Post

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा अध्यक्ष गफार अन्सारीद्वारा शुभकामना व्यक्त

Next Post

अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर

Next Post
अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर

अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana