Friday, February 6, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी

भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी

by नेपाल टाइमलाइन न्यूज
January 27, 2025
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी
30
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ र २ मा पर्ने खेरा टोल हुँदै पश्चिम मधुवन जाने नाला सहितको कालोपत्रे सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको सहरी विकास मन्त्रालयको बजेटमा यो महत्वपूर्ण योजना कार्यान्वयनमा आएको हो।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादका अनुसार, १ करोड ४५ लाख रुपैयाँको लागतमा ५ सय मिटर (अर्थात आधा किलोमिटर) सडक नाला सहित कालोपत्र गरिनेछ। यस योजना पूरा भएपछि स्थानीय क्षेत्रको आर्थिक, सामाजिक, र भौतिक विकासमा उल्लेखनीय सुधार हुने विश्वास लिइएको छ।

सडक निर्माण कार्य सुरु भएसँगै स्थानियवासीको अनुहारमा खुसी छाएको छ। कच्ची सडकले धुलो, हिलो र आवतजावतमा समस्या उत्पन्न गरिरहेको बेला कालोपत्रे सडकले दैनिक जीवनयापनलाई सहज बनाउने छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले यो योजना गाउँपालिकाको समग्र विकासमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सडक निर्माणले केवल यातायात सहज बनाएर सीमित हुने छैन, यसले ग्रामीण क्षेत्रमा व्यापार, शिक्षा, र स्वास्थ्य सेवामा पहुँचलाई पनि सहज बनाउनेछ।

भोतिक पुर्वाधार शाखाको प्रमुख सब इन्जिनियर प्रीयन्का यादवले यो योजना गुणस्तर कायम राखेर समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “यो परियोजना सफल भए, यहाँका जनताको जीवनस्तरमा दीर्घकालीन सुधार हुनेछ।

सडक निर्माणपछि यस क्षेत्रको कृषि उत्पादन बजारसम्म सहज रूपमा पुग्ने भएकाले स्थानीय आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, बालबालिका, वृद्धवृद्धा, र अन्य समुदायका लागि यातायातमा सुधारले जीवन सहज बनाउनेछ।

यो योजना विकासको नयाँ आयाम थप्दै भोक्राहा नरसिंह गाउँपालिकालाई प्रगतितर्फ उन्मुख गराउने प्रमुख व्यक्तिहरूको धारणा छ। परियोजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले सुविधाजनक र सुरक्षित यात्रा गर्न पाउनेछन्।

Previous Post

भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान

Next Post

हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक

Next Post
हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक

हरिनगर गाउँपालिकामा किसानको मलको लागि लामो लाइन, बालीको सुरक्षा चिन्ताजनक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana