बैशाख १, आइतबार
इनरुवा । संघीयता पछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको छ । गत २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियोे । हाल २०७९ बैशाख ३० गते निर्वाचन भइसकेको छ ।
निर्वाचन आयोगले मतदान प्रक्रियालाई सम्पन्न गरिसकेका छन् । आयोगले खसेकोको मतलाई गणना गर्ने कार्यलाई अगाडि बढाएको छ । यसै क्रममा सुनसरीमा हालसम्म विजयी भएको उम्मेदवारहरु मत सहित नाम सार्वजनिक भएको छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य जारी छ । सुनसरीमा हालसम्म विभिन्न पालिकाहरुमा वडा अध्यक्ष पदमा विजयी भएको उम्मेदवारको मत सहित नाम जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक गरेको हो ।
जिल्लामा विजयी भएका उम्मेदवारहरु मध्ये नेकपा एमाले अग्रस्थानमा देखिएका छन् भने नेपाली काँग्रेसको गढ मानिएको सुनसरीमा हालसम्म खाता समेत खोल्न सकेका छैनन् । विभिन्न दलका उम्मेदवारहरुको विजयी भइरहेको बेला नेपाली काँग्रेसलाई हालसम्म शुन्यको अवस्था राखिएको छ ।
धरान उपमहानगरपालिका-२ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार रमेश राईको विजयी भएको छ । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । राईको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सुधीर सिंह लिम्बुले ६ सय २७ मत ल्याएर पराजित भएका छन् ।
यसैगरी दुहबी नगरपालिका- १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार मो. अजुल हुसैन निर्वाचित भएका छन् । हुसैनले ९ सय २९ मत पाएर विजयी भएका हुन् । हुसैनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जाकिर हुसैन मियाले ८ सय १३ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै, बर्जु गाउँपालिका-१ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार दिल बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ९ सय ३९ मत पाएर विजयी भएका हुन् । गुरुङको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका मनोज कुमार गच्छदारले ६ सय ३४ मत ल्याएर पराजित भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका-१ मा राप्रपाका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार लक्ष्मण मेहता निर्वाचित भएका छन् । मेहताले १ हजार सय ९० मत पाएर विजयी भएका हुन् । मेहताको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित भएका छन् । जिल्लामा राप्रपाको ऐतिहासिक जित भएको छ । यस अघि जिल्लामा राप्रपाको इतिहास शुन्य अवस्थामा चित्त बुझाउनु परेको थियो । यस अघि नेकपा एमालेका उम्मेदवार ललित थापाले विजयी भएका थिए । थापाले पुनः एमालेको तर्फबाट वडा अध्यक्षमा चुनाव लड्दा २ सय ८३ मत ल्याएर पराजित भएका छन् ।
हरिनगर गाउँपालिका-७ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार मोजमिल खाँ निर्वाचित भएका छन् । खाँले ५ सय ६६ मत पाएर विजयी भएका हुन् । खाँको निकटतम प्रतिद्वन्दी जसपाका तर्फबाट उम्मेदवार बनेका नाैशाद आलम अन्सारीले ४ सय ६२ मत ल्याएर पराजित भएका छन् ।
कोशी गाउँपालिका-१ मा जसपा नेपालका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार शोभित नारायण यादव निर्वाचित भएका छन् । यादवले ८ सय ७५ मत पाएर विजयी भएका हुन् । यादवको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका निर्मल कुमार मण्डलले ७ सय ९ मत ल्याएर पराजित भएका छन् ।
हालसम्मको कुन राजनीतिक दलको कति सिट
जिल्लामा १२४ वटा वडा र १२ वटा स्थानीय तहहरु छन् । हालसम्म जिल्लामा कुन राजनीतिक दलले कति सिट ल्याउन सफल भएका छन् । यस्तो छ निर्वाचन कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा सार्वजनिक गरेको आधिकारिक तथ्यांक:-
नेकपा एमाले- ३
राप्रपा-१
जसपा-१
नेकपा एकीकृत समाजवादी-१
नेकपा माओवादी-०
नेपाली काँग्रेस-०