Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा एमाले अग्रस्थानमा, काँग्रेसको खाता खुलेनन 

सुनसरीमा एमाले अग्रस्थानमा, काँग्रेसको खाता खुलेनन 

by नेपाल टाइमलाइन न्यूज
May 15, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
सुनसरीमा एमाले अग्रस्थानमा, काँग्रेसको खाता खुलेनन 
25
SHARES
Share on FacebookShare on Twitter

 

बैशाख १, आइतबार

इनरुवा । संघीयता पछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको छ । गत २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियोे । हाल २०७९ बैशाख ३० गते निर्वाचन भइसकेको छ ।

 

निर्वाचन आयोगले मतदान प्रक्रियालाई सम्पन्न गरिसकेका छन् । आयोगले खसेकोको मतलाई गणना गर्ने कार्यलाई अगाडि बढाएको छ । यसै क्रममा सुनसरीमा हालसम्म विजयी भएको उम्मेदवारहरु मत सहित नाम सार्वजनिक भएको छ ।

 

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य जारी छ । सुनसरीमा हालसम्म विभिन्न पालिकाहरुमा वडा अध्यक्ष पदमा विजयी भएको उम्मेदवारको मत सहित नाम जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक गरेको हो ।

 

जिल्लामा विजयी भएका उम्मेदवारहरु मध्ये नेकपा एमाले अग्रस्थानमा देखिएका छन् भने नेपाली काँग्रेसको गढ मानिएको सुनसरीमा हालसम्म खाता समेत खोल्न सकेका छैनन् । विभिन्न दलका उम्मेदवारहरुको विजयी भइरहेको बेला नेपाली काँग्रेसलाई हालसम्म शुन्यको अवस्था राखिएको छ ।

 

धरान उपमहानगरपालिका-२ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार रमेश राईको विजयी भएको छ । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । राईको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सुधीर सिंह लिम्बुले ६ सय २७ मत ल्याएर पराजित भएका छन् ।

 

यसैगरी दुहबी नगरपालिका- १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार मो. अजुल हुसैन निर्वाचित भएका छन् । हुसैनले ९ सय २९ मत पाएर विजयी भएका हुन् । हुसैनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जाकिर हुसैन मियाले ८ सय १३ मत ल्याएर पराजित भएका छन् ।

 

त्यस्तै, बर्जु गाउँपालिका-१ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार दिल बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ९ सय ३९ मत पाएर विजयी भएका हुन् । गुरुङको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका मनोज कुमार गच्छदारले ६ सय ३४ मत ल्याएर पराजित भएका छन् ।

 

भोक्राहा नरसिंह गाउँपालिका-१ मा राप्रपाका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार लक्ष्मण मेहता निर्वाचित भएका छन् । मेहताले १ हजार सय ९० मत पाएर विजयी भएका हुन् । मेहताको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित भएका छन् । जिल्लामा राप्रपाको ऐतिहासिक जित भएको छ । यस अघि जिल्लामा राप्रपाको इतिहास शुन्य अवस्थामा चित्त बुझाउनु परेको थियो । यस अघि नेकपा एमालेका उम्मेदवार ललित थापाले विजयी भएका थिए । थापाले पुनः एमालेको तर्फबाट वडा अध्यक्षमा चुनाव लड्दा २ सय ८३ मत ल्याएर पराजित भएका छन् ।

 

हरिनगर गाउँपालिका-७ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार मोजमिल खाँ निर्वाचित भएका छन् । खाँले ५ सय ६६ मत पाएर विजयी भएका हुन् । खाँको निकटतम प्रतिद्वन्दी जसपाका तर्फबाट उम्मेदवार बनेका नाैशाद आलम अन्सारीले ४ सय ६२ मत ल्याएर पराजित भएका छन् ।

 

कोशी गाउँपालिका-१ मा जसपा नेपालका तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार शोभित नारायण यादव निर्वाचित भएका छन् । यादवले ८ सय ७५ मत पाएर विजयी भएका हुन् । यादवको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका निर्मल कुमार मण्डलले ७ सय ९ मत ल्याएर पराजित भएका छन् ।

 

हालसम्मको कुन राजनीतिक दलको कति सिट

 

जिल्लामा १२४ वटा वडा र १२ वटा स्थानीय तहहरु छन् । हालसम्म जिल्लामा कुन राजनीतिक दलले कति सिट ल्याउन सफल भएका छन् । यस्तो छ निर्वाचन कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा सार्वजनिक गरेको आधिकारिक तथ्यांक:-

 

नेकपा एमाले- ३

राप्रपा-१

जसपा-१

नेकपा एकीकृत समाजवादी-१

नेकपा माओवादी-०

नेपाली काँग्रेस-०

Previous Post

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि

Next Post

सुनसरीको भोक्राहा नरसिंह १ मा राप्रपा र २ मा काँग्रेस विजय

Next Post
सुनसरीको भोक्राहा नरसिंह १ मा राप्रपा र २ मा काँग्रेस विजय

सुनसरीको भोक्राहा नरसिंह १ मा राप्रपा र २ मा काँग्रेस विजय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana