Sunday, April 12, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवा अस्पतालको मुहार फेर्न सफल भए देवराज 

इनरुवा अस्पतालको मुहार फेर्न सफल भए देवराज 

by नेपाल टाइमलाइन न्यूज
June 10, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
इनरुवा अस्पतालको मुहार फेर्न सफल भए देवराज 
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरूवामा रहेकाे जिल्ला अस्पतालको मुहार फेर्न सफल भएका छन् । इनरूवा अस्पतालका मेसु डाक्टर देवराज घिमिरेले अस्पतालकाे नेतृत्व गरेपछि मुहार फेरिएको हाे । केही महिना अघि सम्म मुस्किलले दैनिक २०/३० बिरामी आइपुग्ने अस्पतालको ओपीडीमा अहिले १ सय देखी २०० जना सम्म आउन थालेका छन् ।

एक वर्षअघि सम्म मुस्किलले दैनिक २०/३० जना बिरामी उपचारका लागि आउने इनरुवा अस्पतालमा अहिले दैनिक १ सय देखी २०० जनासम्म आउन थालेका छन् ।

इनरुवा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट नभएको बेला अस्पतालको स्वास्थ्य सेवा भद्रगोल अवस्थामा पुगेको अवस्थामा इनरुवा अस्पतालमा डा. देवराज घिमिरेको आगमनपछी अहिले अस्पतालको सेवा सुबिधामा सहज हुनुका साथै त्यहाँको अनुशासनहीनता र व्यवस्थापनको कमीकमजोरीमा पनि सुधार हुन थालेको छ ।

इनरुवा अस्पताल सुधार्ने अठोठका साथ काम गरी रहेका मेडिकल सुपरिन्टेन्डेन्ट डा. देवराज घिमिरे अस्पताल पुगेलगत्तै उनले स्रोतसाधनको उचित परिचालन नभएको पाए । पुरानो राणाकालीन उक्त अस्पतालका अधिकांश बेड खाली थिए । आकस्मिक कक्षमा आवश्यक उपकरण थिएनन । उपचार नपाउने भएकाले जटिल रोगका बिरामी अस्पतालको गेटबाटै भित्र पस्दैनथे । ५/४ वटाभन्दा बढी निःशुल्क औषधि अस्पतालबाट उपलब्ध हुँदैन्थ्यो । अस्पतालभित्र २५ घण्टे फार्मेसी पनि थिएन । गम्भीर बिरामी आउनेबित्तिकै रिफर गर्ने प्रवृत्तिले अस्पताल अगाडि एम्बुलेन्सको लाम हुन्थ्यो ।

कर्मचारीमा अनुशासन अभाव थियो । पोसाक नलगाउने तथा जानकारी नै नदिई बिदामा बस्थे । तर अस्पताल व्यवस्थापन समिति, स्थानीय र इनरुवा नगरपालिकाको सहयोगमा डा. घिमिरेले अस्पताल सुधार अभियान सुरु गरे । ‘शून्यबाट सुरु गर्नुपर्ने थियो । २५ घण्टा अस्पतालभित्रै बसेर सेवा दिन थालें,’ उनले भने, ‘अस्पताल क्रमशः सुधार गर्न समितिको नियमित बैठक बोलाउन थालें ।’ कुनै पनि सेवा अवरुद्ध हुन नदिन एवं समयअनुरूप अगाडि बढ्न चिकित्सक, नर्स, कम्प्युटर अपरेटर र सरसफाइ कर्मचारीलाई जिम्मेवारी अनुसार काममा लगाए । इनरुवा अस्पताल सुधार गर्ने डा. देवराज घिमिरेलाई आत्मविश्वास थियो । आफैं अग्रसर भएर काम गर्न थालेपछि स्वतः स्फूर्त रूपमा टिम बन्यो । क्रमशः अहिले इनरुवा अस्पतालको उपचार सेवा सुधार हुँदै गएको छ ।

डा. देवराज घिमिरेले इनरुवा अस्पतालमा जिम्मेवारी सम्हाल्दा मुस्किलले दैनिक २०/३० सेवाग्राही आइपुग्ने अस्पतालको ओपीडीमा अचेल १ सय देखी २०० जनासम्म आउन थालेका छन् । आकस्मिक कक्षमा महिनाको ५ सयदेखि ६ सय र ओपीडीमा १ हजार ६ सयदेखि २ हजारसम्म सेवाग्राही आइपुग्छन ।

उनले २५ घण्टे सेवा दिने गरी केही कर्मचारीसहित अस्पतालभित्र उनले फार्मेसी सुरु गराए जहाँ सरकारले तोकेको १ हजार ३ सयमध्ये ३ सय २४ औषधि उपलब्ध छ । ‘बिरामीले निःशुल्क औषधि नपाउने अवस्थाको तुलनामा स्थानीयका लागि यो निकै ठूलो उपलब्धि हो,’ स्थानीय गौरव दिक्षितले भने । स्थानीय युवा राजनितिकर्मी बसन्त सुवेदीले डा. देवराज घिमिरे भन्दा अघि आएका डाक्टरहरूले इनरुवा अस्पतालको उत्थान गर्नेभन्दा पनि सम्पर्क केन्द्र बनाएर इनरुवामा क्लिनिक चलाउने सोच राख्थे । ‘तर उहाँ आएपछि अस्पतालको उपचार सेवामा कायापलट भयो,’ उनले भने ।

इनरुवा अस्पतालका डा. देवराज घिमिरेले अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यन्वयन गरेपछि सेवामा व्यापक सुधार आएको छ । न्यूनतम सेवा मापदण्ड लागू भएपछि इनरुवा अस्पतालको कायापलट भएको हो ।

इनरुवा अस्पतालले पनि अहिले गुणस्तरीय सेवा दिइरहेका छन् । इनरुवा अस्पतालका भौतिक संरचना जीर्ण छन् । तर, न्यूनतम सेवा मापदण्ड लागू गरेर गुणस्तरीय सेवा दिइरहेका छन् । इनरुवा अस्पतालमा पर्याप्त उपकरण र भौतिक संरचनाको अभावका बावजुत पनि अहिले अस्पतालको सेवा पनि सुधार भइरहेको छ।

डा. देवराज घिमिरेले अस्पतालमा सुधार गर्नुपर्ने पक्षहरु उजागर गर्दै गयो जसले गर्दा अस्पतालको मुहार फेरिन थालियो ।

क्षमता हुनेले निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गर्न सक्छन् । तर, गरीब जनताको बाँच्ने साहारा सरकारी अस्पताल नै हुन् भन्दै डा. घिमेरेले भने त्यसैले सरकारी अस्पतालको सेवा सुधार हुन जरुरी छ ।

आफूले अस्पतलामा राम्रो काम गर्ने कर्मचारीको आत्माविस्वास माथि उठाउने गरेको र निरन्तर अनुगमन र मूल्यांकन गर्ने गरेको बताए । इनरुवा अस्पतालमा नयाँ उपकरणहरुको पहुँचमा वृद्धि गर्नुपर्ने उनले बताए ।

Previous Post

पब्जी खेल्न नदिएको निहुँमा १६ वर्षिय छोराले आमाको गोली हानी हत्या

Next Post

काठमाडौंमा भूकम्पको ठूलो धक्का

Next Post
काठमाडौंमा भूकम्पको ठूलो धक्का

काठमाडौंमा भूकम्पको ठूलो धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana