Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पञ्चायत माविमा सामाजिक लेखाजोखा कार्यक्रम

पञ्चायत माविमा सामाजिक लेखाजोखा कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
June 19, 2022
in स्थानीय समाचार
A A
0
पञ्चायत माविमा सामाजिक लेखाजोखा कार्यक्रम
23
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको रामधुनी नगरपालिका ७ कुमरखतको पञ्चायत माध्यमिक विद्यालयमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग तथा ग्रामिण समाज उत्थान केन्द्र(आरएसडी) सुनसरीको आयोजना र रामधुनी नगरपालिकाको समन्वयमा लैगिंक रुपान्तरणमुखी समाबेशी शिक्षा सिकाई परियोजना अन्तरगत सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको हो । परियोजना अन्तरगतका कार्यक्रमको प्रभावकारीता तथा त्यसको लाभका बारेमा सरोकारबालाहरुको बीचमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको आरएसडीसिका विरेन्द्र सुतिहारले जानकारी दिनुभयो ।
सुतिहारका अनुसार संस्थाले आ.ब २०७८÷०७९ मा प्लान नेपालको सहयोग तथा ग्रामिण समाज उत्थान केन्द्र(आरएसडी) सुनसरीको आयोजना र रामधुनी नगरपालिकाको समन्वयमा लैगिंक रुपान्तरणमुखी समाबेशी शिक्षा सिकाई परियोजना अन्तरगत पञ्चायत माध्यमिक विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, शिक्षकलाई तालिम, महिनाबारी आराम कक्ष निर्माण तथा संचालन, विद्यालयको झ्याल ढोका व्यवस्थापन , प्रारम्भिक बाल कक्षाको लागि टिभी ३२ इन्चको स्मार्ट एलईडी, प्रारम्भिक बाल कक्षाहरुमा खेल सामग्री सहयोग गरेको जनाएको छ । सोही विभिन्न प्रमसख ६ वटा कार्यक्रमको प्रगति विवरण र अन्य कार्यक्रमको प्रभाव समेत सार्वजनिक गर्दै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको सुतिहारले बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाका जिल्ला कार्यक्रम अधिकृत शिखा किरण यादवले आरएसडीसीको कार्यक्रमको प्रभाव र त्यसबाट बालबालिकाहरुमा देखिएको साकारात्मक परिर्वतनका बारेमा आफ्नो कुरा राख्नुभएको थियो ।
पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज कटुवालले विद्यालयको कक्षा कोठा अस्थव्यस्त रहेकोमा बाल विकासदेखी कक्षा ३ सम्मको कक्षा कोठामा बालमैत्री कार्पेटदेखी चकडीसम्म खेल सामग्री देखी एलईडीसम्मको सहयोग गरेको निकै राहत मिलेको बताउनुभयो ।
त्यसैगरी विद्यालयका पूर्व प्रधानाध्यापक तथा विधालयका सल्लाहकार गंगा प्रसाद राउतले सामाजिक विकास र बाल विकासको क्षेत्रमा आरएसडीसीको कार्यक्रमले निकै प्रभाव छाडेको बताउनुभयो ।
बाल समूहका अध्यक्ष अनिष कुवरले विद्यालयमा महिनाबारी आराम कक्ष निर्माण भएपछि महिनाबारीका समयमा कक्षा छोड्ने दरमा कमी आएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय सामुदायिक संस्थाका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु तथा विद्यालयका शिक्षक प्रतिनिधीहरु, बाल क्लबमा पदाधिकारीहरु, बालसंरक्षण समितिका पदाधिकारी, स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो । संस्थाले आफूले गरेको कामको सामाजिक रुपमा विद्यालयमा संचालन गरेको काम उदाहरणीय रहेको र आगामी दिनमा यस्तो कामलाई निरन्तरता दिन आवश्यक रहेको प्रधानाध्यापक शंकर लुईटेललले बताउनुभयो । लुईटेलले संस्थालाई सामाजिक जिम्मेवारीका साथ कार्य गरेकोमा सम्मान समेत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जयकृष्ण यादवले गर्नुभएको थियो ।

 

Previous Post

उडेको विमानमा आकाशमै आगोलागे पछि…

Next Post

सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु

Next Post
सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु

सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana