एजेन्सी। बलिउड चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्तशिरले हात परेका प्रोजेक्ट गुमाउन थालेका छन्। आदिपुरुषमा रामायणलाई गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका उनीले भारत सरकारबाट प्राप्त विभिन्न प्रोजेक्ट गुमाउन थालेका हुन्।
नरेन्द्र मोदी सरकारले लेखक मुन्तशिरलाई दिइएको प्रोजेक्टबाट हटाइएको भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिवेदिले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘मनोज मुन्तशिरजी, तपाईंको मूर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तशिरको नाम काटियो।’
उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपव्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरूले उनी माथि आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन। उनी अगाडी लेख्छन्, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान श्रीरामजीसँग माफी माग्नु होस्।’





