सुरेन्द्र मेहता, भोक्राहा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । पालिका वडा नम्बर १, टोकीमा तीन दिने सीप बिकास सम्बन्धी तालिम सम्पन्न भएको हो । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक र प्राबिधिक सहयोगमा र भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा गरीब तथा विपन्न परिवारलाई गरीबी निवारण गर्ने उद्देश्यले सातजना महिलाहरुलाई बाख्रा पालन सम्बन्धी तालिम दिईएको पशु पंक्षि बिकास शाखाका प्रमुख तथा प्रशिक्षक कैयुम अन्सारीले जानकारी दिए । तालिममा सहभागी भएकाहरु तालिम लिए पश्चात उनिहरु खुशी हुँदै आफुहरु बाख्रा पालनमा थप सीप सिकेको र आगामी दिनमा आधुनिक तरिकाले बाख्रा पालन गर्ने भनी तालिममा सहभागि रिंकु उराँवले बताए । कार्यक्रमको प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले तालिममा सहभागीहरुलाई समुहमा बाख्रा पालन गर्न अनुरोध गर्दै पालिकाबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।