Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देशभर २७ प्रतिशत मात्र रोपाइँ

देशभर २७ प्रतिशत मात्र रोपाइँ

by नेपाल टाइमलाइन न्यूज
July 9, 2023
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
देशभर २७ प्रतिशत मात्र रोपाइँ
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, असार २४ गते। देशभर २७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ। असार सकिन एक हप्ता मात्र बाँकी रहँदा धान रोपाइँ २६.७१ प्रतिशत मात्र भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गतवर्षको तुलनामा यस वर्ष कम धान रोपाइँ भएको हो। गत वर्षको तुलनामा यस वर्ष १३ प्रतिशतले कम रोपाइँ भएको हो।

 

गत वर्षको यही समयमा ४०.०४ प्रतिशत धान रोपाइँ भएको थियो। मनसुन सुरु भएसँगै रोपाइँ बढी हुँदै गएकाले श्रावण १५ भित्र देशका अधिकांश स्थानमा धान रोपाइँ शतप्रतिशत नै हुने उहाँले बताउनुभयो।

 

उहाँले भन्नुभयो, “गतवर्ष समयमै मनसुन सुरु भएकाले मध्य असारमै धान रोपाइँ धेरै भएको थियो। तर, यस वर्ष असार सकिन लाग्दा पनि धेरै रोपाइँ भएको छैन। पानी नपरेकाले धान रोपाइँमा ढिलाइ भएको हो।”

 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको छ। जहाँ कुल खेतीयोग्य जमिनको ४८.९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेशको कुल एक लाख ७१ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ८३ हजार ९७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

 

यस्तै कर्णली प्रदेशमा ४५.०२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कर्णाली प्रदेशमा ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा १७ हजार ४३७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइ सम्पन्न भएको छ।

 

कोशी प्रदेशमा ३६.०७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेशमा दुई लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ। अहिलेसम्म एक लाख ८९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

 

बागमती प्रदेशमा ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने प्रक्षेपण रहेकोमा अहिलेसम्म ३४ हजार ८०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

 

लुम्बिनी प्रदेशमा २४.४३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा तीन लाख ३९२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने प्रक्षेपण रहेकोमा अहिलेसम्म ७३ हजार ३७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

 

गण्डकी प्रदेशमा १७.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा एक लाख चार हजार ६२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने प्रक्षेपण रहेकोमा अहिलेसम्म १८ हजार ३६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

 

मधेश प्रदेशमा सबैभन्दा कम ९ प्रतिशत धान रोपाइँ भएको छ। यस प्रदेशमा तीन लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ३३ हजार ७७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। गतवर्ष सोही समयमा सुदूरपश्चिममा ७२.७, कर्णालीमा ५६.३१, लुम्बिनीमा ५३, गण्डकीमा ६२.३२, बागमतीमा ४३, मधेशमा ३० र कोशी प्रदेशमा ३१.९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो।

Previous Post

साहित्यकार आचार्यको जन्मोत्सव 

Next Post

कस्तो रहनेछ आजको मौसम ?

Next Post
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana