Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती माविको जग्गामा एकल रजाई 

सरस्वती माविको जग्गामा एकल रजाई 

by नेपाल टाइमलाइन न्यूज
July 11, 2023
in मुख्य खबर, समाचार
A A
0
सरस्वती माविको जग्गामा एकल रजाई 
27
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यलायमा रहेको जग्गा एक जना वडा अध्यक्षको बाउँले ३० वर्षदेखी उपभोग गरिहेको पाइएको छ । तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजनम यादवको पालामा करिव एक विघा ७ कठ्ठा जग्गा ठेक्कामा लिएको हबिब मंसुरीले हालसम्म एकल रजाई जमाईरहेको पाईएको हो । बर्षौसम्म जुन जग्गा विद्यालयले चर्चेको थियो , त्यसमा पूर्व गाविस अध्यक्ष समेत रहेका हाल इनरुवा ९ का वडा अध्यक्षका बुवा रहेका हबिब मंसुरीले ठेक्का लिने तर बक्यौता नतिर्ने प्रवृतिले विद्यालय समस्यामा परेको बुझिएको छ । जग्गा ठेक्का लिदाँ दक्षिण र पश्चिमका सुनसरी खोला सीमा रहेको र उतरपूर्वमा तुलसी श्रेष्ठहरुको जग्गा रहेकोमा तीसौं वर्षदेखी एकलौटी विद्यलायको जग्गा उपभोग गरिहेका मंसुरीले तीन वर्षअघि बार्षिक २७ हजार रुपैयाँको दरले प्रतिविघा ठेक्का लिएको जग्गाको हालसम्म ४० हजार मात्रै तिरेको छ । जवकी नियमानुसार वर्षमा बक्यौता नतिरेको अवस्थामा प्रतिवर्ष थप १० देखी १५ प्रतिशत जरिवाना तिर्नुपर्नेमा नतिरि अटेर गरेको पाइएको विद्यालय स्रोतले जनाएको छ । पुराना पाँच बढी विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले बेवास्ता गर्दा लाखौको घाटा भईहरेको तर ठेक्का लिने मंसुरीले बार्षिक लाखौको माटो बेच्दै आएको र बाढीको वाहाना देखाएर ठेक्का नतिरेको बुझिएको छ ।

ठेक्केदारको अर्को रहस्य ः

हालका विद्यालयको जग्गाका ठेक्केदार हविब मंसुरीले विद्यालयको जग्गासगैं टासिएको जग्गा हाल किनेकाले उनले नापजाँच गराउनुपर्नेमा उल्टै विद्यालयको पनि र अरुको नम्बरी समेत नदीको उकास भन्दै उपभोग गर्दै आएका थिए । त्यसबाट उनले बार्षिक कम्तिमा चार लाख रुपैया विद्यालयकै जग्गाबाट आम्दानी गर्दैै आएको स्थानीयहरुले बताएका छन् । विद्यालय व्यवस्थापन समितिहरुमा मंसुरीले आफ्नो कुरा खानेहरुलाई पुर्याउने र शैक्षिक गुणस्तर भन्दा विद्यालयको जग्गा कौडीको भाउँमा र त्यो पनि तिर्न नपरोस भनेर लागि परेको देखिएको छ । तत्कालिन अध्यक्ष रामजनम यादवको पालामा करिव एक विघा ठेक्का लागेकोमा त्यसयता देवरुप साह, कृष्णदेव मेहता, बुधनारायण मेहता, यदुनन्दन यादव र हाल समितिमा जयकृष्ण यादव अध्यक्ष रहेका छन् । यतीका समिति मध्ये कोही पनि जग्गा ठेक्का र बक्यौताका बारेमा प्रष्ट खुलेर नबोलेका कारण मंसुरीको रजाई हावी भएको हो ।

 

वर्तमान समिति अध्यक्ष जयकृष्ण यादवको प्रतिकृया ः विगतमा जग्गा खाने र समितिमा बस्नेहरु कुनै न कुनै माध्यमबाट पदेन र अन्य हिसावले सदस्य बसेकाले जग्गा र स्कूल दोहन भएको छ । आफूलाई फाईदा भएसम्म जग्गा खानेहरु वा गर्नेहरुले नापजाँच नगरि खाईरहेको थियो । अहिले आएपछि जग्गा के, कुन अवस्थामा रहेको छ ?, त्यसको ठेक्का वा खाली के कस्तो अवस्था हो ?, ठेक्काबापतको बक्यौता कति उठिरहेको छ ? जग्गा कसरी उत्पादन भईरहेको छ ? त्यसको यथार्त जानकारीका लागि आफूले खोजविन गरेको हो । शैक्षिक गुणस्तर र विद्यलायको जग्गा सहितको सम्पती संरक्षण गर्ने असल विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य भित्रै पर्ने भएकाले जग्गाको अवस्था बुझ्ने काम गरेको हो । विद्यालयमा १९ विघा जग्गा भएपनि आम्दानी वर्षको एक लाख पनि नआएकोले त्यसको जानकारीका लागि आफूले खोजविन गरेको हो । सरकारी सम्पती भनेको सबैको साझा सम्पती भएको र त्यसको संरक्षण पनि साझाँ रुपमा गर्नुपर्ने धारणाका साथ आफूले जग्गा खोजविनमा लागेको जनाएको छ ।

Previous Post

कस्तो रहनेछ आजको मौसम ?

Next Post

भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

Next Post
भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana