Tuesday, May 12, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ

by नेपाल टाइमलाइन न्यूज
August 1, 2023
in मुख्य खबर
A A
0
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताए । लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको स्विकार गरे। प्रधामन्त्री प्रचण्डले भने ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र छति पनि ।’ आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागकाे ध्यानाकर्षण गराए। प्रधामन्त्रीले बैठकमा भने-‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।

 

 

‘ चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए । लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने -‘गाई भैसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठुलो समस्यामा पारेको छ । किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषबाट निर्णय गर्नुपर्छ ।´ लम्पी स्किन रोग नियन्त्रणका लागि खोप को प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरुमा सचेतना फैलाउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल,गणेश पाण्डे,रामप्रसाद थपलिया कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल,सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आइजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच लम्पी स्किन रोगको उपचार, रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा छलफल भएको र नेपालमा लम्पि रोग नियन्त्रणको लागि छिमेकि मुलुकहरूमा प्रयोग भएको उपचार बिधिलाई प्रयोग गर्ने र नेपाल भरि कार्तिक मसान्त भित्र निशुल्क भ्याक्सिनेसन गरीसक्ने व्यवस्था मिलाउने खोप तथा उपचारका कामहरु अगाडी बढाउने निर्णय भएको छ। हाल लम्पि स्किनरोग बाट भएको क्षतिको लागि राहत क्षेतिपुर्ती उपलब्ध गराउने भएको छ त्यसका साथै यो रोगबाट कसरी जोगिने कुनकुन विधी अपनाउने भन्ने बिषयमा जनचेतना फैलाउने गरी अगाडी बढाउने भएको छ । नेपाल सरकार कृषी तथा पशुपन्छी विकाश मन्त्रालय मातहतका ३ तिन वटै तहका स्रोत साधन प्राबिधिकहरुलाई लम्पि स्किन रोग नियन्त्रणमा लगाउने र लम्पि रोगबाट प्रभावित कृषकलाई बिमा भूक्तानी र बिमा गर्ने सम्बन्धमा अर्थ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ । विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि वैकल्पिक उपायका रुपमा सिफारिस गरेका तथा छिमेकी मुलुकहरुमा समेत प्रयोग गरिएका भ्याक्सिन समेत प्रकोप नियन्त्रणका लागि प्रयोगमा ल्याउने सम्वन्धमा २ दिनभित्र आवश्यक निर्णय गर्ने र छिमेकी मुलुकहरुमा प्रयोग भएको गोट पक्स भ्याक्सिन आयात गर्न अनुमती दिने निर्णय भएको छ।

Previous Post

नरसिंहमा भेट्याे शिवलिंग

Next Post

हर्क साम्पाङले गरे बाबुरामलाई रुद्राक्षको मालाले स्वागत

Next Post
हर्क साम्पाङले गरे बाबुरामलाई रुद्राक्षको मालाले स्वागत

हर्क साम्पाङले गरे बाबुरामलाई रुद्राक्षको मालाले स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana