Friday, April 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो

नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो

by नेपाल टाइमलाइन न्यूज
August 6, 2023
in मुख्य खबर
A A
0
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ ।

 

विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् ।

 

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ३४, विकास बैंक ९७ दशमलव ५१, वित्त ६२ दशमलव २७, होटल तथा पर्यटन दुई सय एक दशमलव ३८ र जलविद्युत् समूह ४४ दशमलव ४९ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ८७, उत्पादन तथा प्रशोधन ८४ दशमलव ०१, लघुवित्त ६१ दशमलव ८२, म्युचुअल फन्ड शून्य दशमलव १५ व्यापार ६८ दशमलव २७ र अन्य समूह १७ दशमलव ०७ अङ्कले घटेको छ ।

 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९५ प्रतिशतले घटेको छ ।

 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएको छ । रासस

Previous Post

आजदेखि प्रहरी रिपोर्ट अनलाइन मार्फत

Next Post

उपराष्ट्रपति यादव चीन भ्रमणमा जानुहुँदै

Next Post
उपराष्ट्रपति यादव चीन भ्रमणमा जानुहुँदै

उपराष्ट्रपति यादव चीन भ्रमणमा जानुहुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana