रविन्द्र यादव इटहरी । कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले कार्यस्थलमा रहनुभएका सुरक्षाकर्मीलाइ राखि बाधेर रक्षा बन्धन उल्लासका साथ मनाउनु भएको छ। 
प्रदेश सदस्य मिना ले फेसबुक स्टाटस लेख्नु हुदै “एउटा सुन्दर बिहानीको राखी समय” देश र जनताको निम्ति अहोरात्र खटिनु भएका इटहरीका प्रहरी लाइ राखी बाधेर रक्षा बन्धन मनाउनु भएको जानकारी दिनु भयो। इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी नायव उपरीक्षक डिएसपी माधव काफ्ले लगायत सुरक्षाकर्मीहरुलाइ राखी बाधेर दाजुभाइ नहुनूको नमज्जालाइ एउटा पबित्र उत्सब मनाएको बताउनु भयो। उहाँले सबै दाइभाईहरुलाइ धेरै शुभकामना दिनु हुदै दाजुभाइ नभए पनि मेरो दाजुभाइको भुमिका निभाउनु हुने सबैलाई सम्झिएको छु, फेसबूक मा उल्लेख गर्नु भएको छ।





