विराटनगर । मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले सुनसरी देवानगंज गाउँपालिका १ बस्ने २३ वर्षीय सरोजकुमार मेहेतालाई शुक्रबार विराटनगर महानगरपालिका ५ पुल्चोकबाट पक्राउ गरेको हो ।
मेहेतालाई आइतबार प्रहरीले १ थान होन्डा साइन मोटरसाइकल र मोटरसाइकल चोरीमा प्रयोग गरिने औजारसहित सार्वजनिक गरेको छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको मोरङ प्रहरीेले जनाएको छ ।





