Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रेम सम्बन्धका कारण सर्राफको हत्या, एक युवतीसहित छ जना पक्राउ

प्रेम सम्बन्धका कारण सर्राफको हत्या, एक युवतीसहित छ जना पक्राउ

by नेपाल टाइमलाइन न्यूज
November 1, 2023
in मुख्य खबर
A A
0
प्रेम सम्बन्धका कारण सर्राफको हत्या, एक युवतीसहित छ जना पक्राउ
9
SHARES
Share on FacebookShare on Twitter

बारा । गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलबार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ ।

 

पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झण्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेका थिए ।

 

कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सि‌ंहलगायत विभिन्न राजनीतिक दलका व्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

उपमहानगरपालिका भित्रका शिक्षक तथा पेसागत विभिन्न सङ्घ–सङ्गठनहरूले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् ।

 

यस्तै बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। सङ्घका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलबार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरूसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।

 

एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घण्टाभित्र वास्तविक अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

 

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले ती वटा गोली प्रहार हत्या गरेकाले जिल्लावासीमा त्रासको वातावरण छाएको छ ।

 

कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।

 

गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

 

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान गरेको दिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।

 

घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Previous Post

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण

Next Post

भोक्राहा नरसिंह खेल मैदानको अभावमा धान खेतमा कुस्ती प्रतियोगिताको तयारी

Next Post
भोक्राहा नरसिंह खेल मैदानको अभावमा धान खेतमा कुस्ती प्रतियोगिताको तयारी

भोक्राहा नरसिंह खेल मैदानको अभावमा धान खेतमा कुस्ती प्रतियोगिताको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana