Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान

उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान

by नेपाल टाइमलाइन न्यूज
November 10, 2023
in मुख्य खबर
A A
0
उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान
17
SHARES
Share on FacebookShare on Twitter

स्याङ्जा । बजार अनुगमन सम्वन्धी कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अव्दुल खानले उपभोक्ताको समस्या जिल्ला, देश मात्रै नभएर विश्वमै विकराल रहेको बताएका छन् । उपभोक्ताले गुणस्तरीय वस्तु र गुणस्तरीय सेवा पाउनुपर्ने संवैधानिक अधिकार भएकोले यसको कार्यन्वयमा कठिनाई हुदै आएका बताएका छन् । स्याङ्जामा भएको कार्यक्रममा बोल्दै सभापति खानले उपभोक्तालाई ठग्नु ठूलो भूल र मानवअधिकार विपरित भएको बताए । उपभोक्ता ठग्नेहरु आफै ठगिन्छन् उनले भने,‘ठग्नेहरु कुनै न कुनै बेला कारवाहीमा पर्नेछन् ।’ त्यसैले मानव अधिकार विपरीत त्यस्ता कार्यहरु गर्न नहुने प्रति सचेत हुनुपर्ने उनले बताए ।

 

सभापति खानले आ—आफ्नो ठाउँबाट सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने बताउदै हाम्रो देशमा भएका कानून धेरै पूराना र कमजोर छन्, सुधार्दै र बनाउँदै जानुपर्ने बताए । अब एकिकृत कानु बनाउन आवश्यक रहेकोले सबै मन्त्रालयहरुलाई आफुले निर्देशन समेत दिएको बताए । स्याङ्जामा गरिएको अनुगमनमा आफुले सन्तोषजन पाएको बताए । जरिवाना सगै पुरस्कृत पनि गर्ने गृहकार्यमा लाग्न प्रशासनलाई सभापति खानले आग्रह गरे । कार्यक्रममा समितिका सदस्य सांसद तथा नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले दोसारोपण मात्रै गरेर अब देश नबन्ने बताउदै सबै जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । विकास गाउँमा गएको छ उनले भने,‘मानिस शहरमा झरेको छ, शहरबाटै युवाहरु विदेश पलायन लहर चलेको छ ।’ यो मुलुकका लागि बिडम्बना हो यस्तो रोगलाई राक्नु अहिलेको आवश्यकता हो उनले भने ।

कार्यक्रममा समितिका सदस्य रेखा यादव, शान्ति चौधरी, सीता मिजार लगायतका सांसदलले जिल्लाका सरोकारवाला निकायले अनुगमनमा दवाव दिन आग्रह गरे । व्यापारीका समस्या र उपभोक्ताका समस्यालाई केन्द्र बिन्दुमा राखेर छलफल गरियो भने उपभोक्ताको अधिकार सुनिश्चित हुने उनीहरुले बताएका थिए ।

 

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले स्याङ्जा जिल्लाको आर्थिक बर्ष २०८०÷०८१ मा बजार अनुगमन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाका ११ पालिकाहरुमा १३ पटक अनुगमन गरिएको र कूल ९७ वटा पसल तथा फर्महरुमा गरिएको अनुगमनमा २० वटा कार्यवाहीमा परेको तथ्याङ्क सार्वजनिक गरेका थिए । कार्यवाहीबाट जम्मा ५ लाख ८३ हजार २ सय ३४ जरिवाना संकलन भएको समेत उनले उल्लेख गरेका थिए ।

 

अन्तरक्रियामा नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमालेका जिल्ला अध्यक्ष पारस गैह्रे, नेकपा माओवादीका लोकेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय स्वतन्त्र पाटी, राप्रपा, कम्युनिष्ट समाजवादीका प्रतिनिधि लगायतका राजनीतिकलका नेताले अनुगमनलाई तिब्रता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमका सहभागीहरुले औपचारिकताका लागि गरिएको अनुगमन प्रभावकारी नहुने बताएका छन् । चाडवाडको समयमा गरिएको अनुगमनले मात्र उपभोक्ताहरुको हितमा नहुने सहभागीहरुले बताएका थिए । राष्ट्रिय उपभोक्ता मन्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जन, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, उपभोक्ता मन्चका संयोजक राजेन्द्र मरासिनी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ लगायतका बक्ताहरुले कतिपय उपभोक्ता संरक्षणका लागि खोलीएका संघसंस्थाहरुको बैधानिकता माथी प्रश्न गरेका थिए । उनीहरुले हरेक सामाग्रीमा उत्पादन मिति र म्याद सकिने मितिलाई ठुला अक्षरमा देखिनेगरी राख्न उत्पादन कम्पनीलाई कडाई गर्न सुझब दिएका थिए । उपभोक्तालाई सचेतना गराउन विभिन्न खालका कार्यक्रम सगै हरेक बिद्यालयमा पनि यस बिषयका पाठ्यक्रमहरु प्रकाशन गरी अगाडी बढाउन सुझाव दिएका थिए ।

Previous Post

भोक्राहा नरसिंह पहिलो वडा अध्यक्ष कपको तयारी

Next Post

भोक्राहामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

Next Post
भोक्राहामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

भोक्राहामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana