Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली

देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली

by नेपाल टाइमलाइन न्यूज
February 28, 2024
in मुख्य खबर
A A
0
देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सशुासन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा नेकपा एमालेको बृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । लोकतन्त्रको अनुभती हुने गरी काम गर्न नसकेका कारणले जनतामा निरासा छाएको तर्फ संकेत गर्नुहुदै ओलीले देश विकासका लागि सरकारमा इमान्दारिता र सुशासनको पक्षमा काम गर्ने इक्छा शक्ती आवश्यक भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशमा विकास नहुने दाबी गर्नुभयो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको आलीको दाबी थियो । ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने बताउनुभयो । उहाँले पार्टीभित्र समन्वय र अरु पार्टीसंग प्रतिस्प्रधा गर्दै अगाडि नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, युवाहरु विदेश पलायन हुन्छन् । देशमा विकास हुँदैन, महँगी बढ्दै जान्छ’ उहाँले भन्नुभयो । उहाँले अहिले सरकारलाई खरानीको ढल्लोको संज्ञा दिनुहुदै पानी दिदाँ पनि फुट्ने र सुख्खा हुदाँ पनि फुट्ने भएकाले यो सरकार जती बेला पनि ढ्लन सक्ने दावी गर्नुभयो । उहाँले यो सरकार ढलेको खण्डमा कोही कसैदलसंग मिलेर सरकार बनाउने कुरा भएमा त्यसलाई अन्यथा नलिन नेता कार्यकर्ताहरुलाई अग्रिम जानकारी गराउनुभयो ।

एउटा चुनावदेखी अर्को चुनावसम्मका लागि मात्रै एमाले पार्टी नभएकाले देशको पार्टी भएको दावी गर्नुभयो । उहाँले देशको पार्टी भएकाले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । एमालेको सरकार हुँदा सडक, शिक्षा, स्वास्थ्य, संचार, विधुत सहित विभिन्न विकासका योजना अघि बढेको ओलीको दावी थियो ।

उहाँले देशमा एमालेको नेतृत्वको सरकार ढलेपछि राजनीतिक रुपमा देशमा अस्थिरता छाएको, अराजकता बढेको, अनेक प्रकारका खराबीहरु भित्रिएको, अर्थतन्त्र चौपट भएको, गरिबी बढेको, महँगी बढेको, युवाहरुले रोजगारी नपाउने अवस्था बनेको, विकास ठप्प प्रायःभएको, भ्रष्टाचार बढेको दावी गर्नुभयो । एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेकोमा अहिले सुस्ताएको जिकिर गर्नुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष ओलीले पार्टीको सन्देश सुनाउँदै आम जनताको भावना बुझ्न पार्टीले अभियानहरु सञ्चालन गरेको र त्यसबाट आएको सुझावको आधारमा निति लिएको बताउनुभयो । उहाँले स्थानीय स्तरको समस्या र सम्भावनालाई गहिरो गरी बुझ्ने काम भएको र सोही अनुसार आगामी दिनमा पार्टीले नीति बनाउदै अगाडि बढ्ने बताउनुभयो ।

 

१, सुनसरीको इनरुवामा नेकपा एमालेको बृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

जसपाका केन्द्रिय सदस्य मेहता सहित सय बढी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा), नेपाल केन्द्रिय सदस्य तथा तत्कालिन भोक्रहा गाउँपालिकाका उपाध्यक्ष पुनम मेहताको नेतृत्वमा सय बढी नेताकार्यकता नेपका एमालेमा प्रदेश गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका पूर्व उपाध्यक्ष मेहता सहित विभिन्न वडाका पार्टीका अध्यक्षका उम्मेदबारहरु सहित ५५ जना र जनमत पार्टी सहित अन्य दलका गरि १०० जना नेकपा एमालेमा प्रबेश गरेका छन् । नवप्रवेशी जसपा नेतृ मेहता सहितलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

 

लोसपा हुदै राप्रपामा रहनुभएका मुनीलाल मेहता र जनमत पार्टीका जिल्ला सचिव सत्यनारायण यादव समेत एमालेमा प्रवेश गर्नुभएको छ ।

Previous Post

राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

कविता । तर म सकिन

Next Post
कविता । तर म सकिन

कविता । तर म सकिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana