Wednesday, April 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न

संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न तस्बिर रविन्द्र कुमार यादव।

by नेपाल टाइमलाइन न्यूज
January 12, 2025
in मुख्य खबर
A A
0
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न
14
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव, सुनसरी पुस २८ गते । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुनसरीको जेल फिल्ड प्राङ्गणमा संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न गरेका छन्। जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनामा भएको यो कार्यक्रमले भिड नियन्त्रण र कर्फ्यू आदेश कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य राखेको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गर्नुभएको थियो। कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी, सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख शम्भु उप्रेती, नेपाली सेनाका कृष्ण दल गणका गणपति सुपर सेनानी सज्यू, र नेपाल प्रहरी विशेष सुरक्षा गण कोशी प्रदेशका प्रमुख वासुदेव खाल्डाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

डेमोस्ट्रेशन कार्यक्रममा आकस्मिक दंगाको अवस्था सिर्जना गरी त्यसलाई कानूनी दायराभित्र समाधान गर्ने विधि प्रदर्शन गरिएको थियो। संविधान र मानव अधिकारले नागरिकलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गरे पनि कतिपय प्रदर्शनले हिंसात्मक रूप लिन सक्ने भएकाले, यस्ता गतिविधिलाई नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन २०२८ बमोजिम चरणबद्ध बल प्रयोगको सिद्धान्त देखाइएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले नागरिकको सुरक्षा र मानव अधिकारको सम्मान गर्दै शान्ति सुरक्षाका लागि प्रशासन र सुरक्षाकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभयो। सहभागीहरूले डेमोस्ट्रेशनलाई अत्यन्त प्रभावकारी र शिक्षाप्रद भएको प्रतिक्रिया दिएका छन्।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार बल प्रयोगको चरणबद्ध सिद्धान्त सरकारी तथा सार्वजनिक सम्पत्ति र नागरिक जीवनको सुरक्षा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरूको समन्वय कार्यक्रमले सुरक्षा निकायहरूबीचको समन्वय र दंगा नियन्त्रणको विधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Previous Post

धरानमा भरुवा बन्दुकसहित पाँच जना सुनसरी प्रहरीको नियन्त्रणमा

Next Post

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड

Next Post
इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana