Saturday, January 31, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

by नेपाल टाइमलाइन न्यूज
April 9, 2025
in मुख्य खबर
A A
0
कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ
13
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम ।  कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ को ऐतिहासिक र भव्य शुभारम्भ गरेको छ। तेह्रथुम जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य तिनजुरे–मिल्केस्थित आरआर गार्डेनमा बुधबार आयोजित विशेष समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो।

समारोहमा मन्त्री सिंहले कोशी प्रदेशको पर्यटन विकासको दिशा परिवर्तन गर्ने ऐतिहासिक अवसरको रूपमा पर्यटन वर्षको घोषणालाई उल्लेख गर्नुभयो। धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनमा अपार सम्भावना रहेको कोशी प्रदेशलाई समुन्नत बनाउने लक्ष्यका साथ घोषणा गरिएको पर्यटन वर्षले रोजगारी सिर्जना, विदेशी मुद्रा भित्र्याउने र स्थानीय उत्पादन प्रवर्द्धन गर्ने ठूलो सम्भावना बोकेको बताउनुभयो।

“पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्छ। छिमेकी भारत लगायतका मुलुकहरूबाट पर्यटक भित्र्याउने रणनीतिमा ध्यान केन्द्रित गर्नुपर्छ,” मन्त्री सिंहले भन्नुभयो।

उहाँले संघीयताको अभ्यासमा देखिएको विकासलाई यथार्थका आधारमा मूल्यांकन गर्नुपर्ने पनि सुझाव दिनुभयो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै “कोशी पर्यटन वर्ष २०८१” लाई प्रदेशभरिको पर्यटन जागरण र समृद्धिको आधारका रूपमा लिएको बताउनुभयो। उहाँले प्रदेशका सबै १४ जिल्लामा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न रणनीति तय गरिएको जानकारी दिनुभयो।

“हामीले यो वर्षलाई आधार वर्षको रूपमा लिएर कोशी प्रदेशलाई नमुना पर्यटन प्रदेश बनाउने लक्ष्य लिएका छौं,” मुख्यमन्त्री कार्कीले भन्नुभयो।

उहाँले बाराहक्षेत्र, हलेसी, माङसेबुङ लगायतका स्थलहरूमा धार्मिक तथा साहसिक पर्यटक आकर्षण बढाउन पूर्वाधार विकास, प्रचारप्रसार र निजी क्षेत्रसँग सहकार्यमा विशेष ध्यान दिइने जानकारी दिनुभयो।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन क्षेत्रले देश धान्न सक्ने क्षमता राख्ने स्पष्ट सन्देश दिनुभयो। उहाँले पर्यटन पूर्वाधार विकास, वातावरणमैत्री र दिगो पर्यटन प्रवर्द्धन तथा युवालाई स्वरोजगारमा लगाउने नीति प्रदेश सरकारले अघि सारेको बताउनुभयो।

मन्त्रालयका सचिव विशाल घिमिरेले कोशी पर्यटन वर्षअन्तर्गत विभिन्न जिल्लामा पर्यटन महोत्सव, सांस्कृतिक कार्यक्रम, सूचना केन्द्रको स्थापना लगायतका प्रचारात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

कोशी पर्यटन वर्ष २०८१ केबल एउटा उत्सव मात्र नभई, प्रदेशको समृद्धिको मार्गचित्र निर्माण गर्ने ऐतिहासिक अवसर हो। यदि राजनीतिक नेतृत्व, नीति निर्माता, व्यवसायी र समुदायबीच सहकार्य भयो भने कोशी प्रदेश नेपालको प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित हुने मार्गमा अघि बढ्नेछ।

 

 

 

Previous Post

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

Next Post

ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

Next Post
ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana