इटहरी । इटहरीकै अग्लो व्यवसायिक भवन सेन्टर प्लाजामा आगोलागीबाट भएको क्षतिको निरीक्षण कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्नु भएको छ।
निरीक्षण गर्ने क्रममा मन्त्री मण्डलले घटनालाई ठूलो भएको भन्दै भने, “धन्न जनको क्षति भएन, धनको क्षति भएको छ।” उनले कोरोना कालपछि तन्द्रिदै गरेको व्यवसायमा ठुलो धक्का परेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
मन्त्री मण्डलले सेन्टर प्लाजाका संचालक राजेश श्रेष्ठलाई सान्तवना दिँदै भनुभयो, “आगो नियन्त्रण गर्न र आगोमा फसेका मानिसको उद्धार कार्यमा प्रदेश सरकार पनि सँगै लाग्यो।” यस घटनाले प्रदेश सरकारलाई पनि धक्का लागेको उहाँले बताए।
दशतले भवनको मध्य भागमा गत चैत १३ गते आगोलागी भएको थियो, जसमा पाँचौं र छैठौं तलामा ठूलो क्षति पुगेको छ।