Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 

by नेपाल टाइमलाइन न्यूज
May 23, 2025
in मुख्य खबर
A A
0
कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 
18
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव, विराटनगर , जेठ १० गते । सुनसरी जिल्लाका विभिन्न गाउँपालिकामा सूचीकृत तथा दर्ता नभएका धान र अन्य बालीका बीउहरू अवैधरूपमा बिक्री वितरण भइरहेको पाइएको छ। कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिं हाङगामको निर्देशनमा गरिएको कडा अनुगमनका क्रममा कूल १०२४ केजी अवैध बीउ जफत गरिएको हो।

प्रदेश बिउ विजन ऐन २०८१ र जीवनाशक विषादी ऐन २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्री हाङगामको निर्देशनमा सचिव शरणकुमार पाण्डेको संयोजनमा अनुगमन समिति गठन गरिएको थियो। उक्त टोलीमा बिउ विजन प्रयोगशाला झुम्का, कृषि ज्ञान केन्द्र इनरुवाका प्रतिनिधि, बाली विकास अधिकृत योगेन्द्र यादव, बिउ निरीक्षक पुरुषोत्तम जोशीसहित प्राविधिक तथा प्रशासनिक अधिकारीहरूको सहभागिता थियो।

अनुगमन टोलीले कोशी गाउँपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा स्थलगत अनुगमन गर्दा विभिन्न अनियमितता फेला पारेको हो। अनुमति पत्र नविकरण नगरेका, बिनाअनुमति बीउ बिक्री गर्ने, तथा म्याद गुज्रिएका बीउ बिक्री गर्ने व्यवसायीहरू भेटिएका छन्। टोली आउँदैछ भन्ने जानकारी पाएपछि धेरै पसलहरू अग्रिम रूपमा बन्द गरिएको देखिएको थियो।

कोशी गाउँपालिका –३, इनरुवा नगरपालिका–५ र भोक्राहा नरसिंह गाउँपालिका–७ का तीन–तीनवटा पसलमा अनियमितता भेटिएको हो। विशेष गरी भोक्राहा नरसिंह अनुगमन टोली पुग्दा पसल बन्द गरिए तापनि बीउहरू पसलबाहिर छोडिएको पाइएपछि वडाध्यक्षको रोहबरमा ती बीउ जफत गरिएको हो।

अनुगमनका क्रममा जफत गरिएका बीउहरूमध्ये बीबी–११ जातको ९२० केजी, एमटीयू–७०२९ जातको ३० केजी, कोमल–१०१ जातको ६० केजी, सोना मन्सुली जातको ६५ केजी, र म्याद गुज्रिएको तरकारी बीउ ४ केजी रहेका छन्।

अनुगमनमा सूचीकृत नभएका बीउहरू राष्ट्रिय बिउ विजन कम्पनी मोरङ, कृषक बिउ उत्पादक समूह झापा, भूमि सीड विराटनगर, कञ्चन बिउ उद्योग, मेची कृषक सहकारी संस्था, तमोर बिउ उत्पादक समूह र ईस्ट वेस्ट सीड कम्पनीबाट वितरण गरिएको पाइएको छ। त्यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड, इटहरी शाखाबाट व्यवसाय प्रमाणपत्र नलिएका व्यक्तिहरूलाई बीउ उपलब्ध गराइएको पनि खुलासा भएको छ।

कृषकलाई भ्रममा पारेर अवैध बीउ बिक्री गर्ने तथा कृषि प्रणालीमा गम्भीर असर पार्ने कार्यप्रति सरकार गम्भीर बनेको बताइएको छ। मन्त्री खगेन्द्रसिं हाङगामले दोषी व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।

जफत गरेको व्यहोरा
दर्ता प्रमाणपत्र नवीकरण नगरेको
म्याद गुज्रिएको , बीउ

Previous Post

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

Next Post

८५% अंकसहित सेवा गुणस्तरमा सुधार, जिल्ला अस्पताल सुनसरीले पायो उच्च मूल्यांकन

Next Post
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

८५% अंकसहित सेवा गुणस्तरमा सुधार, जिल्ला अस्पताल सुनसरीले पायो उच्च मूल्यांकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana