Monday, December 29, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नखाएको विष लाग्यो, अब म गलत समाचारको सिकार हुनुपर्ने हो ? : मन्त्री मण्डलको संसदमा प्रतिवाद

"नखाएको विष लाग्यो, अब म गलत समाचारको सिकार हुनुपर्ने हो ?" : मन्त्री मण्डलको संसदमा प्रतिवाद

by नेपाल टाइमलाइन न्यूज
July 27, 2025
in मुख्य खबर
A A
0
नखाएको विष लाग्यो, अब म गलत समाचारको सिकार हुनुपर्ने हो ? : मन्त्री मण्डलको संसदमा प्रतिवाद
147
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव | विराटनगर | कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल पछिल्ला दिनमा ‘क्यूआर कोड’ विवादमा तानिएका छन्। QR कोडमार्फत रकम माग गरेको आरोप सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। यसबीच मन्त्री मण्डलले सोमबार प्रदेश सभाको बैठकमै स्पष्ट धारणा राख्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।

प्रदेश सभामा बोल्दै उनले आरोपलाई एकपक्षीय र बेवास्तापूर्ण भने। “नखाएको विष लाग्यो, के म गलत समाचारको सिकार हुनुपर्ने हो ?” भन्दै उनले गह्रौं प्रश्न उठाए। मन्त्री मण्डलका अनुसार उनीसँग दुईवटा मोबाइल फोन छन्, तर तीमध्ये कुनैबाट पनि QR कोड पठाइएको छैन। उनले अझै स्पष्ट पारे, “मैले त हालसम्म कुनै बैंकबाट QR कोड नै लिएको छैन, कसरी मैले कसैलाई पठाउँछु त?

उनको भनाइमा, QR कोड चलाउन नजानेको र यस्तो प्रणाली आफूले प्रयोग नगरेको कुरा सर्वसामान्य हो। उनले कुनै पनि अनुसन्धान वा छानबिनमा पूर्णरूपमा सहयोग गर्ने आश्वासन पनि दिए। “छानबिन गरे भैहाल्छ नि! जसले QR कोड पठाएको हो, त्यसविरुद्ध कारबाही होस्। म त खोजीकार्यमा साथ दिन तयार छु,” मन्त्री मण्डलले संसदमै स्पष्ट पारे।

मन्त्री मण्डलले आफूविरुद्ध एकपक्षीय प्रचार भएको गुनासो पनि गरे। उनले प्रश्न उठाए, “जब मलाई आरोप लगाइयो, के कसैले मेरो भनाइ बुझ्ने प्रयास गर्यो? खोई, मलाई त कोही पत्रकारले पनि सोधेन। यस्ता आरोप कति न्यायोचित हुन्?” उनका अनुसार, कसैलाई अपराधी देखाउने र पछि प्रमाण नभएको पाइएपछि उत्पन्न हुने मानसिक पीडाको जिम्मेवारी कसले लिने?

मन्त्री मण्डलले पछिल्लो समयमा सामाजिक सञ्जाल र मिडियामा देखिएको गलत र अपुष्ट सूचनाको प्रवृत्तिबारे पनि चिन्ता व्यक्त गरे। उनले कांग्रेस नेताका छोरामाथि भाटभटेनीबाट रक्सी चोरेको आरोपको प्रसंग स्मरण गरे, जुन पुष्टि नभएको हुँदा त्यो व्यक्तिमा गहिरो मानसिक आघात परेको थियो। त्यसैगरी, भारतीय अभिनेता असरानीलाई ‘मरेको’ भन्दै भाइरल बनाइएको प्रसंग पनि उनले संसदमा उल्लेख गरे।

आज ममाथि झूटा आरोप लाग्दैछ। भोलि अरू कसैको पालो आउन सक्छ। यस्तो गैरजिम्मेवार सञ्चार प्रवृत्तिले समाजमा गम्भीर असर पारिरहेको छ,” उनले भने।

उनको निष्कर्ष स्पष्ट थियो — यदि मैले गल्ती गरेको छु भने प्रमाण ल्याउनुहोस्। म अनुसन्धानका सबै प्रक्रिया पूरा गर्न तयार छु। तर बिना प्रमाण गलत प्रचार गर्ने र जनतामा भ्रम सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन।

उनले संसदबाटै सम्बोधन गर्दै भने, म प्रदेश सरकारअन्तर्गत जिम्मेवार पदमा छु। ममाथि उठेका हरेक प्रश्नको जवाफ दिन तयार छु। तर मलाई बिना प्रमाण दोषी सावित गर्ने कोशिश गलत हो।

यसरी मन्त्री मण्डलले संसदमै बोलेर आफूविरुद्ध भइरहेको आरोपलाई चुनौती दिएका छन्। उनका अनुसार, सत्यतथ्य छानबिन होस्, दोषी जो भए पनि कारबाही होस्, तर निर्दोषलाई दोष लगाउने चलन बन्द होस्

 

 

 

Previous Post

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

Next Post

नेपाली पत्रकारिता संकटमा : सत्य खोज्ने होइन, पहुँच बेच्ने माध्यम

Next Post
नेपाली पत्रकारिता संकटमा : सत्य खोज्ने होइन, पहुँच बेच्ने माध्यम

नेपाली पत्रकारिता संकटमा : सत्य खोज्ने होइन, पहुँच बेच्ने माध्यम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana